२०८१ चैत्र १४ गते बिहिवार

मुहार फेर्दै सितलपुर मन्दिर

तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित पर्यटकिय स्थलका रुपमा रहेको सितलपुर शिब मन्दिरको मुहार फेरिदै छ ।

लुम्बिनी प्रदेश अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको १० लाख बजेटबाट उक्त मन्दिर परिसरमा अहिले क्यारी निर्माण गरि टायल तथा स–साना मनोरम पार्क समेत निर्माण गर्नका लागि धमाधम निर्माण कार्य भैरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्ली बहादुर बस्नेतले जानकारी दिए ।

उक्त निर्माण कार्यको प्रदेश सांसद शंकर गिरिले अनुगमन तथा निर्माण कार्यको प्रगति बारे जानकारी लिएका छन ।

मन्दिर परिसरमा संरक्षण गर्न बजेट बिनियोजनका लागि महत्वपूर्ण भुमिका निर्बाह गर्ने सांसद गिरिले यस मन्दिरलाई दाङकै अब्बल पर्यटकिय स्थलको रुपमा बिकास गर्न आफु लागि परेको बताए ।

गिरीसगै गत बर्ष मन्दिरको बिकासका लागि आयोजित शिब पुराण बाचकहरु पण्डित कोमल उपाध्याय, १०८ पुराण संकल्पकर्ता डिला पाण्डेले उक्त निर्माण कार्यको अबलोकन गर्दै शिव मन्दिरको वृद्धि बिकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

स्थापनाकाल देखि नै शिबरात्रिमा बिशेष मेला लाग्ने उक्त मन्दिरमा सोमबार पनि बिशेष सांस्कृतिक कार्यक्रम संचालन हुदै आएको छ ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *