२०८३ साउन ६ गते बुधवार

नारायण खड्कासहितका पत्रकार सम्मानित


तुलसीपुर, साउन ६ ।

नारायण खड्कासहितका संचारकर्मीलाई निर्माण ब्यबसायीले सम्मान गरेका छन् ।
बुधबार घोराहीमा नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैटौं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनको क्रममा पत्रकार नारायण खड्कालाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट बिकास निर्माणको क्षेत्रमा कमल चलाएको भन्दै पत्रकार खड्का नगदसहित र अन्य पत्रकार दशरथ घिमिरे, निशान दाजु भट्टराई र बिपिनमणि आचार्यलाई सम्मान गरिएको थियो।
निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाको अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त (मुकेश) को प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा अतिथिहरुले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । निर्माण ब्यबसायीको अधिबेशनले बिहीबार लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *