दाङ, साउन २ ।
रोल्पामा पैदल हिडिरहेका एक ब्यक्तिको पहाड माथि बाट झरेको पहिरोले पुर्दा ज्यान गएको छ ।
जिल्लाको परिवर्तन गाउँपालिका – ४ पाछाबाङ सल्लेबोटका ५७ बर्षीय देउप्रशाद घर्तीको मृत्यु भएको हो ।
पैदल हिडेर घर फर्किदै गरेका घर्तीलाई शुक्रबार बेलुकी पख शिरबारी भन्ने ठाउँमा माथि बाट झरेको पहिरोले पुरेको थियो ।
जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार घटना बारे इलाका प्रहरी कार्यालय पाछावाङमा स्थानीयले शनिबार बिहान साढे ५ बजेतिर खबर गरेका थिए । त्यसपछि प्रहरी बरिष्ठ नायव निरीक्षक नरसिंह खत्रीको कमाण्डमा बिहान सवा ७ बजेतिर प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीयसहित प्रहरीले पहिरो पंछाएर घर्तीको शब निकालेको प्रहरी निरीक्षक चन्दले बताए । घर्तीको शब पोष्ट मार्टमको लागि अस्पताल पठाउने तयारी गरिएकोे छ ।
प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
