२०८३ असार १९ गते शुक्रवार

लमहीस्थित सम्राट सिमेन्ट उद्योगको मुलगगेटमै कर्मचारीको ताला


दाङ, असार १९ ।
दाङको लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्ट उद्योगको मुलगेटमै त्यहाँ कर्मचारीले ताला लगाएर आन्दोलित बनेका छन् ।
उनीहरुले सेवा सुविधामा सुधार हुनुपर्ने लगाएत बिभिन्न माग राखेर शुक्रबार बिहान उद्योगको मुल गेटमै तालाबन्दी गर्दै काम काज ठप्प पारेका छन् ।
उद्योगमा कार्यरत कर्मचारीले उद्योगको ब्यबस्थापन पक्षलाई बिभिन्न माग समेटिएको ज्ञापन पत्रपनि बुझाएका छन् ।
जस्मा कर्मचारीको उचित मूल्याङकन गरी स्तरवृद्धि तथा पदोन्नति गर्नुपर्ने, कुनैपनि बाहानामा पहिले उपलब्ध सेवा–सुविधा कटौती गर्न नहुने, सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने लगाएतका मागहरु समेटिएका छन् ।
आन्दोलनरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब–भत्ताको ६० प्रतिशतलाई आधार मानेर जम्मा हुनुपर्ने, भोजन तथा आवास सम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनुपर्ने र स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने जस्ता मागपनि गरेका छन् ।
उनीहरुले उद्योगमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरेका छन् ।
त्यस्तै उनीहरुले कर्मचारीले हाल केही कर्मचारीको मात्रै तलब वृद्धि गरिएको प्रतिपनि बिरोध जनाएका छन् । उनीहरुले सबै कर्मचारीको समान रूपमा तलब सुविधा वृद्धि हुनुपर्ने माग गरेका छन् ।
उनीहरुले उद्योगको व्यवस्थापन पक्षलाई बुझाएको ज्ञापनपत्रका मागहरु सम्बोधन नहुँदासम्म काममा नर्फिने बताएका छन् ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *