
तुलसीपुर , साउन १० ।
लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरीने भएको छ ।
आइतबार नै काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।
लुम्बिनी प्रदेशमा काँग्रेसको तर्फबाट नेतृत्व गरेका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राना)ले आइतबार नै काँग्रेसबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी भइ रहेको जानकारी दिए ।
सरकारबाट बाहिरीने बारे संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसंग मेरो त्यसबारेमा सल्लाह भइ सकेको उनले बताए ।
लुम्बिनी सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सामेल छन् ।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बीचमा प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गर्दै शनिबार नै भागबण्डा भइ सकेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेको सहमति पत्रमा लुम्बिनी, बागमती र कोशीमा एमालेले नेतृत्व गर्ने छ भने कर्णाली र सुदुरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने छ ।
त्यस्तै मधेस र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरि सहमति गर्ने ओली र प्रचण्का बीचमा भएको छ ।
हाल लुम्बिनीमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।
उनी काँग्रेसको समर्थनमा २०८१ साउन ७ गते, नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका थिए । काँग्रेसको समर्थनका कारण त्यो बेला आचार्यको पक्षमा कांग्रेस र एमाले मसेत गरि ५६ जना बहुमत प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।
काँग्रेस र एमाले बीचको पूर्व सहमति अनुसार गत चैतमै लुम्बिनीसहितका प्रदेशमा सत्ताको समिकरण भइ सक्नु पर्ने थियो । तर, भदौ २३ र २४ को जेन्जी आन्दोलन पछि केन्द्रमा केपी नेतृत्वको सरकार बिस्थापित भत फागुन २१ म प्रतिनिधिसभा सदस्यको निर्वाचन भइ राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह नेतृत्वको सरकार बनेपछि पूर्व सहमतिको कुनै गुणजायस थिएन ।
अर्कौ तर्फ काँग्रेस भित्र बिषेश महाधिवेशन बाट गगन थापा नेतृत्वमा आएपछि पूर्व सभापति शेरबहादुर देउवा विस्थापित बन्दा पूर्व सहमति ओझेलमा परेको थियो ।
बिगतको लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय थियो । यो बीचमा केहीले गत फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न पदबाट राजीनामा दिएका थिए । त्यसैले हाल लुम्बिनी प्रदेशसभा ८३ सदस्सीय छ । यहाँ एमाले सबै भन्दा ठूलो दल हो । एमालेका २९ सदस्य छन् । त्यस्तै कांग्रेसका २७, नेकपाका सभामुखसहित १३ जना प्रदेशसभा सदस्य छन् । एमाले र नेकपा मिल्दा ४० जना मात्रै पुग्छ । लुम्बिनीमा सरकार बनाउन यो संख्या थोरै अपुग हो । सरकार गठनका लागि ४२ सांसद चाहिन्छ । यी दुई दलले साना दलहरु कसैलाई मिलाउन सक्ने अवस्था छ । लुम्बिनीमा जसपा नेपालका ३, राप्रपाका ४, जनमतका ३, लोसपाका २, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १/१ सांसद छन । यसअघि रोल्पाबाट स्वतन्त्र रुपमा निर्वाचित एक जनाले नेकपालाई समर्थन गरि सकेका थिए । त्यस्तै माओबादी पुष्ठभूमिका नवरपरासी पूर्वका खड्गबहादुर बस्नेतले पनि नेकपालाई समर्थन गर्ने प्रबल संभावना छ ।
