२०८३ साउन ११ गते सोमवार

ज्ञानज्योति पढेका सिद्धान्त केसीले जिते ‘मिष्टर नेपाल इन्टरनेशनल २०२६’ को उपाधि


अब सेप्टेम्बरमा थाइल्यान्डमा प्रतिष्पर्धा गर्न जाने छन्

दाङ, साउन ११ ।
दाङ तुलसीपुरका सिद्धान्त केसीले पुरुष सौन्दर्ष प्रतियोगिता ‘मिष्टर नेपाल इन्टरनेशनल २०२६’ को चौथो संस्करणको उपाधि जितेका छन् ।
प्रतियोगिता अन्तर्गत साउन ९ गतेको फिनालेमा कुल १२ जना प्रतिष्पर्धी थिए । अन्यलाई पछि पार्दै दाङको तुलसीपुर उपमहानगरपालिका–६ का सिद्धान्तले उपाधि जितेका हुन ।
सिद्धान्तले दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयबाट प्लस टू सम्मको अध्ययन पूरा गरेका थिए । हाल उनी काठमाडौंमा इन्जिनियरिङ अध्ययनरत छन ।
अध्ययन सँगै उनले व्यक्तित्व विकास, नेतृत्व क्षमता र आत्मविश्वासलाई निखार्दै राष्ट्रिय व्यक्तित्व प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि आँफु र देशको नाम रोषन गर्ने अवशर प्राप्त गरेका छन् ।

सिद्धान्त रोशन केसी र सुजन शाहका एक्ला सन्तान हुन्। । उनको उपलब्धिले युवालाई आफ्नो लक्ष्यप्रति समर्पित भई निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरेको बिगतमा उनलाई पढाएका शिक्षक शरद गौतमले बताए ।
भविश्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले नेपालको नाम उच्च राख्दै उत्कृष्ट सफलता हासिल गर्ने शिक्षक गौतमले विश्वास व्यक्त गरे ।

‘डेनिस नेसनल’को प्रस्तुति र ‘नोभा ब्यूटी इन्टरनेसनल प्रालि’ले आयोजना गर्दै आएको उक्त प्रतियोगिताको फिनालेमा जज प्यानलमा अन्तर्राष्ट्रिय पेजेन्ट विज्ञ, अन्तर्राष्ट्रिय उपाधि विजेता तथा प्रख्यात फेसन डिजाइनरसहित ५ जना रहने गर्छन ।
युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, सञ्चार सीप, फिटनेस, ग्रुमिङ, र्‍याम्प प्रशिक्षणका आधारमा प्रतिष्पर्धा हुने गर्छ ।
ती कुराहरुमा उत्कृष्ट हुनेले उपाधि जिन्छन् ।
उपाधि बिजेता केसी आगामी सेप्टेम्बरमा थाइल्यान्डमा आयोजना हुने १८औँ ‘मिस्टर इन्टरनेशनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । भविश्यमा केसीले त्यो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि विदेशी पेजेन्ट मेन्टरबाट विशेष प्रशिक्षण तथा मार्गदर्शन प्राप्त गर्नेछन ।
अहिलेको संस्करणको नारा ‘एक थोपा, एक जीवन’ अभियान राखिएको थियो । जस्को उद्देश्य रक्त क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र हरेकलाई रक्तदानको महत्वबारे चेतना फैलाउनु थियो ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *