
तुलसीपुर, साउन ७ ।
पतञ्जली योग समितिका केन्द्रीय सदस्य लोकनाथ खनालले योग अभ्यासका क्रममा नियम र अनुशासन महत्वपुर्ण रहेको वताएका छन् ।
घोराहीस्थित राप्ती हलमा बिहीबार बिहानको योग प्रशिक्षण कार्यक्रममा उनले योग हरेक मानिसको जिवनमा अपरिहार्य भइ सकेको भएपनि गलत योग अभ्यासले गलत नतिजा दिने हुँदा त्यसको असर समग्र पतञ्जलीमा पर्ने भन्दै सचेत रहन आग्रह गरेका हुन ।
नियम पालनामा ध्यान दिएर योग अभ्यसा गर्नेहरु मात्रै सफल वन्ने उनको भनाई छ ।
कार्यक्रममा पतञ्जली योग समिति लुम्विनी प्रदेश प्रभारी प्रेम शाह, वरिष्ठ योग प्रशिक्षक तथा निवर्तमान घोराही नगर प्रभारी तोयानथ योगी, दाङ जिल्ला कोषाध्यक्ष कोमा रावत, विद्यालय विभाग प्रभारी रन्जु श्रेष्ठ, राप्ती हल केन्द्रकी अध्यक्ष मिना विष्ट लगाएतले मानव जीवनमा योगको महत्व बारे प्रकाश पारेका थिए ।
प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
