२०८३ साउन ६ गते बुधवार

निर्माणाधीन घरको पानीट्यांकीमा मृत भेटिएका शव दाजु-भाइको भएको पुष्टि


तुलसीपुर,साउन ६ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र मृत भेटिएका शवको पहिचान खुलेको छ ।

घर निर्माणको ठेक्का लिएका ठेकेदार तुलसीपुर -९ का कमल गिरी र सोही घर निर्माणमा मिस्त्रीको रुपमाका गर्दै आएका घनश्याम गिरी रहेको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू स्थायी घर सल्यान माल्टा रहेको र हाल तुलसीपुर–९,मा बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएपी) होमबहादुर पराजुलीका अनुसार मृतकहरू नातामा दाजुभाइ हुन् । उनीहरू एकै घरका दाजु भाइका छोराहरू रहेको बुझिएको छ। कमल निर्माण व्यवसायी (ठेकेदार) र घनश्याम मिस्त्रीका रूपमा घर ठेक्का लिएर संयुक्त रूपमा काम गर्दै आएका थिए ।

पानीट्यांकीको फर्मा (सेट्रिङ) निकाल्नका लागि भित्र छिरेका बेला अक्सिजनको कमी भइ निस्सासिएर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *