२०८३ साउन २ गते शनिवार

अमेरिकामा पहिलो पटक नेपाली काँग्रेस न्यूयोर्क–दाङ सम्पर्क समिति गठन


दाङ, साउन २ ।

दाङ जिल्लामा जन्मिएर पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आइरहेका नेपाली कांग्रेसका आस्थावान विभिन्न व्यक्तिहरूको भेलाले पहिलो पटक नेपाली काँग्रेस न्यूयोर्क–दाङ सम्पर्क समिति गठन गरेको छ ।
दाङ तुलसीपुर घर भइ हाल न्यूयोर्कमा बस्दै आएका शोभाराम वलीको अध्यक्षता र नेपाली कांग्रेसका दाङ जिल्ला सभापति शंकरप्रशाद डाँगीको प्रमुख आतिथ्यतामा भएको भेलाले शुक्रबार तुलसीपुरकै युवा ललितजग पाण्डेको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
पार्टीको बिधान अनुरुप गठिन यो समिति नै पहिलो काँग्रेस सर्मर्थित न्यूयोर्क – दाङ सम्पर्क समिति रहेको त्यहाँबाट सन्तोष शर्माले बताए ।
नब गठित समितिलाई पार्टीका दाङ जिल्ला सभापति डाँगीले शुभकामना तथा बधाइ ज्ञापन गरेका थिए ।


त्यसक्रममा उनले अवसरको खोजी होस वा बाध्यताले प्रदेशमा भएपनि नेपाली मनले सधैँ नेपाल सम्झिरहने र सबै नेपाली जोड्ने पार्टी काँग्रेस भएको हुँदा पार्टीको मर्म र नीति अनुरुप काम गर्न आग्रह गरे ।
गठित सम्पर्क समितिले न्युयोर्कमा बस्दै आइरहेका सबै दंगालीको हकहितमा काम गर्ने उदेश्य लिएको छ । भेलामा दाङका करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण युवा भरत भट्टराइले गरेका थिए ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *