२०८३ साउन ११ गते सोमवार

शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३५ बर्षीया ज्योतीको मृत्यु

दाङ , साउन ११ ।


आत्मदहाको प्रयास गरेकी धनगडीकी एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योती चौधरीको काठमाडौं लैजाने क्रममा आइतबार राति मृत्यु भएको हो ।
कैलालीका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले सोमबार बिहान ७ बजेतिर घर परिवारका सदस्यले उनको काठमाडौं लैजाने क्रममा धादिङमा मृत्यु भएपछि शब फिर्ता ल्याएर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।


ज्योतीले शनिबार बेलुकी पख आफ्नै घरभित्र आँफैले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन । शरीरको ६० प्रतिसत बढी जलनमा परेकी उनलाई सुरुमा उपचारका लागि सुरुमा सेती प्रादेशिक अस्पताल धनगडी लगिएको थियो ।
ज्योतीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । त्यहाँपनि संभव नभएपछि थप उपचारका लािग परिवारका सदस्यले काठमाडौं लैजाँदै थिए । सोही क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *