दाङ, साउन ७ ।
रुकुम पश्चिमकी एक जनासहित दुई महिला ठूलो परिमानमा खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् ।
पक्राउन पर्नेमा रुकुमपश्चिमको मुसिकोट नगरपालिका – १ की ३३ बर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ की २४ बर्षीया निशा रहेको बाँकेका प्रबक्ता डिएसपी प्रतितसिंह राठोरले बताए ।
उनीहरुको साथबाट चार सय ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । नेपालगञ्ज – १८ मा लागु औषधको अबैध कारोबारो भइ रहेको छ भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई बुधबार राति ११ बजेतिर पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जना माथि आवशयक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरु बिहीबार म्याद थपका लागि अदालत लगिदै छन् ।
प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
