२०८३ साउन ११ गते सोमवार

सुनसरीमा कफ्र्यूका बीचपनि प्रदर्शन

स्थिति नियन्त्रणमा लिन सेना परिचालन


दाङ , साउन ११ ।


सुनसरीमा कफ्र्यू तोडेर प्रदर्शन हुन थालेको छ ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ ।

आइतबार राति दुई पक्षका बीचमा भएको झडपले उग्ररुप लिएपछि प्रहरीले चलाएको गोली लागेर जिल्लाको देवानगन्ज गाउँपालिका– ३ कप्तानगन्जका २४ बर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर थप ९ जना घाइते छन् । उनीहरुको उपचार जारी छ ।
स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सोमबार बिहान ७ बजे देखि देवानगन्ज र आसपासका ५ क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको थियो । कफ्यूका बीच आक्रोसित स्थानीयले मध्याह्नदेखि प्रदर्शन गरि रहेका छन् ।


प्रहरीका अनुसार प्रदर्शनकारीले तोडफोड तथा आगजनी गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै सेना परिचालन गरिएको हो ।
प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो ।
मध्यरातमा बढी होहल्ला भएको भन्दै एउटा पक्षले त्यसको विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति सृजना भएको थियो ।

झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । स्थिति थप बिग्रन थालेपछि हवाई फायर गरेको थियो । तैपनि अवस्था थप बिग्रन थालेपछि बाध्य भइ गोली चलाउनु परेको प्रहरीको दाबी छ । घटना अनुसन्धानका लागि सरकारले एक समिति बनाइ सकेको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *