२०८१ जेष्ठ १३ गते आइतवार

मेट्रो कलेजमा सुनिल स्मृति कप सुरु


तुलसीपुर, मंसिर, १५ । तुलसीपुर मेट्रो कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सुनिल स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

विद्यार्थी सुनिल खड्काको सम्झनामा सो प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीले खेल मानव जीवनमा लागि अपरिहार्य भएको बताए

उनले विद्यार्थीहरुले साथीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएकोमा प्रशंसा समेत व्यक्त गरे ।

‘खेल क्षेत्रको विकासका लागि हामी सहयोग गर्न तत्पर छौं’ उनले भने ।

सो अवसरमा विशिष्ट अतिथि कलेज प्रमुख वसन्त आचार्यले खेल क्षेत्रको विकासका लागि प्रतियोगिताको आयोजना हुनु खुसीको कुरा भएको बताए ।

उनले सुनिल खड्का विद्यालयको जेहेनदार र अनुशासित विद्यार्थी रहेको समेत स्मरण गरे ।

विद्यार्थी मुनराज बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण डिल्ली खड्काले गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने खेलमा सात वटा समुहले भाग लिएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *