२०८३ भाद्र ३ गते बुधवार

तुलसीपुर उपमहानगरले मासिक ३ लाख १० हजार तिर्ने गरि ४ वटा गाडी किन लिदै छ भाडामा ?

तुलसीपुर, भदौ ३ ।

तुलसीपुर उपहानगरपालिकाले चार वटा गाडी भाडामा लिन सूचना प्रकासित गरेको छ ।
उस्ले एक हप्ताको म्याद राखेर सर्वसाधारण गाडी धनीका लागि मंगलबार प्रकासित गरेको सूचनामा दुई वटा गाडी आवश्यक रहेको उल्लेख रहेको छ । तर, उपमहानगरपालिकाकी यान्त्रिक शाखा प्रमुख रेवा रावतले भने उपमहानगरले चार वटा गाडी भाडामा लिन थालेको बताइन ।
उनका अनुसार मेयर, उपमेयरका लागि एक / एक वटा र प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीका लागि थप एक / एक वटा गाडी भाडमा लिन थालिएको बताइन ।


उपमहानगरले प्रकासित गरेको सार्वजनिक सूचनामा निश्चित सर्त राखेर डबल क्याप पिकअप महेन्द्रा / इसुजी वा अन्य यस्तै प्रकृतिका दुई वटा गाडी मासिक जनही ६५ / ६५ हजारको दरले भाडामा लगाउन इच्छुक धनीलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
तर, यान्त्रिक शाखा प्रमुख रावतले भने सूचना प्रकासन गर्दा गल्ती भएको भन्दै ती बाहेक थप दुई वटा बन्द बडी भएका गाडीहरु मासिक जनही ९० / ९० हजारका दरले भाडामा लिने निर्णय भएको बताइन ।
यी गाडीहरु मेयर र उपमेयरका लागि भाडामा लिन थालेको पनि उनले जानकारी दिइन । चार वटा गाडी भाडामा लिँदा उपमहानगरपालिकालाई मासिक तीन लाख दश हजार ब्ययभार पर्ने छ ।
रावतका अनुसार गत भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा कार्यायका ६ वटा गाडीमा आगजनी गरि ध्वस्त पारिएका थिए ।
मेयर टीकाराम खड्काको लागि ल्याइएको नयाँ गाडीपनि सोही आगजनीमा ध्वस्त पारिएको थियो । रावतका अनुसार त्यसपछि उपमहानगरपालिकाले तीन वटा गाडी भाडमा लिएको थियो । ती गाडीधनीहरु संगको संझौता मिती सकिएको हुँदा पुनः इच्छुक गाडीधनीका लागि सार्वजनिक सूचना जारी गरिएको हो ।
यसअघि उपमहानगरले भाडामा लिएका गाडीहरुको मर्मत तथा सर्भिसिङको शूल्क पनि आँफै तिर्दै आएको थियो । तर, पछिल्लो समय अब ती दुबै मर्मत तथा सर्भिसिङ नगर्ने गरि उपमहानगरे चार वटा गाडी भाडमा लिने निर्णय गरेको रावतले बताइन ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *