२०८३ साउन २० गते बुधवार

गुल्मीकी रबिना बनिन् ‘मिस बिजनेस ग्लोबल नेपाल २०२६’

दाङ, साउन २० ।


गुल्मीको इस्मा गाउँपालिका–२ रातडाँडाकी रबिना जीसी ‘मिस बिजनेस ग्लोबल नेपाल २०२६’ को उपाधि जित्न सफल भएकी छन् ।
यो संगै उनी नेपालकै पहिलो ‘मिस बिजनेस ग्लोबल नेपाल’ बनेकी छिन् ।
अब उनले आगामी नोभेम्बरमा भियतनाममा हुने ‘मिस बिजनेस ग्लोबल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर पाउने छिन् ।
गत वर्षको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा उनले थर्ड रनर–अपको उपाधि जितेकी थिइन् ।

इस्मा–२ ताल्तुङस्थित देविस्थान माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएर उच्च शिक्षाका लागि काठमाडौं पुगेकी थिइन ।
काठमाडौं पुगेपछि मोडलिङ क्षेत्रमा रुची बढेको उनले बताएकी छिन ।
रबिनाले अनाथ तथा विपन्न बालबालिकाको संरक्षण र शिक्षाका क्षेत्रमा काम गर्दै आएकी छन् ।
रबिना मानबहादुर जीसी र इन्दिरा जीसीकी एक्ली सन्तान हुन् ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *