
दाङ , भदौ २७ ।
सल्यान जिप दुर्घटनाका अर्का एक जना घाइतेको दाङमा मृत्यु भएको छ ।
यो संगै सो जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
घाइते मध्य जिल्लाको त्रिबेणी गाउँपालिका – ५ का ५० बर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहान ११ ः ५५ बजे मृत्यु भएको हो ।
जिल्ला प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइका अनुसार सोही दुर्घटनामा परि त्रिवेणी गाउँपालिका – ६ का ८ बर्षीय रेशम बुढाथोकी र त्रिवेणी – ५ की १८ बर्षीया बिपना बुढाथोकीको बिहान १० ः २२ बजे जिल्ला अस्पताल खलंगामा मृत्यु भएको थियो ।
दुर्घटनाका थप तीन घाइते चालक त्रिवेणी – ५ सिम्खका २४ बर्षीय भुपाल पुन, त्रिवेणी – ६ की ४२ बर्षीया लालमती र त्रिवेणी – ५ का २९ बर्षीय पारस बोहराको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रष्ठिानमा उपचार जारी छ ।
शनिबार बिहान ८ बजेतिर भित्री सडक खण्ड अन्तगर्त जिल्लाको त्रिवेणी गाउँपालिका –५ सिम्कमा लु ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप करिब ९० मिटर मुनी खसेको थियो ।
