२०८३ भाद्र २३ गते मङ्गलवार

पोहर जेनजीको नाममा तोडफोड भएको विपी शालिक घोराहीमा भोलि पुनःअनावरण गरिदै

तुलसीपुर, भदौ २३ ।


विपी जयन्तिका अवसरमा घोराहीमा पुनः विपीको शालिक पुनःअनावरण गरिने भएको छ ।

विपी जयन्तिका अवसरमा घोराहीमा पुनः विपीको शालिक पुनःअनावरण गरिने भएको छ ।
११२औं विपी जयन्ति भोलि अर्थात भदौ २४ गते हो । गत बर्ष भदौ २४ गते जेन्जी आन्दोलनका नाममा मुलुकका बिभिन्न सहर बजारमा स्थापना गरिएका नेताहरुको शालिक तोडफोड गरिएका थिए ।

दाङको तुलसीपुर र घोराहीमा रहेका विपीका शालिकहरु पनि तोडफोड गरि नष्ट पारिएका थिए । तुलसीपुरस्थित विपी चोकमा गत साउन ६ गते विपी स्मृतिका दिन विपीको पूर्ण कदको शालिक पुनः स्थापना गरेको दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले बताए ।
नेपाली काँग्रेसले आफ्ना संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रशाद कोइराला (विपी) को शालिक भदौ २४ गते घोराहीमा पनि पुनः अनावरण गर्न थालिएको हो ।
कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भुसाल शालिक अनावरणका लागि दाङ आउने कार्यक्रम तय भएको कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले बताए ।

सभापति डाँगीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै ११२ औँ विपी जयन्तिको अवसरमा महामहानव विपीको शालिक पुनःअनावरण सँगै ‘अग्रज नेतृत्वको जीवनी संग्रह’ र ‘दाङ कांग्रेसको आवाज’ स्मारिका विमोचन गर्न थालिएको जानकारी दिएका छन् । विपी साहित्यमा उत्तिकै अब्बल छन् । उनका दर्जनौं कीर्तिहरु आजपनि बिभिन्न तहका पाठ्यक्रममा समावेश छन् ।


उनै विपीको भदौ २४ गते दिउँसो सवा १२ बजे विपी शालिक अनवारण गर्ने अन्तिम तयारी गरिएको छ ।
त्यसपछि घोराहीस्थित होटेल मालाइनमा थप कार्यक्रम हुने छ । कार्यक्रममा उपस्थित हुन सभापति डाँगीले पार्टीका सबै तहका नेता कार्यकर्ता, भातृ संगठन, पेशागत संगठत लगाएत शुभचिन्तक सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *