दाङ , भदौ २६ ।
रुकुम पश्चिम प्रहरीले जेनजी आन्दोलनको गलत फाइदा उठाउँदै जेल बाट भागेका एक जना कैदी बन्दी एक बर्ष पछि पुनः पक्राउ गरेको छ ।
जिल्लाको बाफुकोट गाउँपालिका – २ जितुका २६ बर्षीय दुर्गालाल परियार भनिने दुर्गालाल दमाई जेल तोडेर भागेको १ बर्ष पछि पुन ः पक्राउ परेका हुन ।
गएराति ९ बजेतिर उनलाई घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले बताए ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले २०८१ /१०/०६ गते दमाईलाई १२ बर्ष कैद, ५ लाख जरिवाना र ५० हजार क्षतिपूर्ती भराउन फैसला सुनाएको थियो ।
जिल्ला कारागारमा तोकिएको सजाय भुक्तान गरि रहेको समयमा जेनजी आन्दोलनको गलत फाइदा उठाउँदै कारागारको गेट तोडेर दमाइ फरार भएका थिए ।
पक्राउ पछि शुक्रबार दमाइलाई अदालतमा पेश गरिएको थियो । अदालतको आदेशले फरि उनलाई तोकिएको बाँकी सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
