दाङ , भदौ २७ ।
दाङबाट सल्यानस्थित माइतीमा तीज मनाउन जाँदै गरेकी एक महिलाको दुपट्टा मोटरसाइकलको चक्कामा बेरिएपछि तलारिएर बाटोमै मृत्यु भएको छ ।
दाङको शान्तिनगर गाउँपालिका –१ पेदीखोलाकी ३५ बर्षीया जीता केसीको मोटरसाइकलको पछाडिको चक्कामा आफ्नै दुपट्टा बेरिएपछि बाटो लतारिएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्यानका प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन । मोटरसाइकल सल्यानको त्रिवेणी गाउँपालिका – ३ पिङखोलाका उनका भतिज कृष्ण केसीले चलाएका थिए ।
त्रिबेणी – ३ टाट्केस्थित भित्री कच्ची सडकखण्डमा तीब्र गतिमा कुदिरहेको मोटरसाइकलको पछाडिको चक्कामा टुपट्टा बेरिएको उनीहरुले थाहाँ पाएका थिएनन् । मोटरसाइकलको चक्कामा दुपट्टा लपेटिएको हुँदा त्यसले तानेपछि जीता सडकमा पल्टिन पुगेकी थिइन । तर, त्यो दुपट्टा घाँटीमा बेरिएको हुँदा उनलाई मोटरसाइकले केहीबेर बाटोमा लतार्दै अघि बढेको थियो ।
घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायव निरीक्षक मानबहादुर घर्तीका अनुसार घटनास्थलको बाटो केही ओरालो छ ।
दाङस्थित घरबाट फूपु जीता केसीलाई लिएर कृष्ण घर फर्किदै गर्दा माइती घर नजिकै पुगको समयमा बाटोमै यो दुःखद घटना हुन पुगेको घर्तीले बताए ।
मृतकको शब अझैं बाटोमै छ । प्रहरीले मुचुल्का तयार पारेर सकेपछि शब पोष्टमा मार्टमका लागि अस्पताल पुर्याउने भएको छ ।
