
तुलसीपुर, साउन २ ।
तुलसीपुर क्षेत्रका साइकिलिष्टहरुले शनिबार कोरा साइकल च्यालेन्ज २०२६ का अवशरमा एक साइड गरे ।
यस क्षेत्रको प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धनका लागि कोरा साइक्लिङ च्यालेन्ज गर्ने गरिन्छ ।
तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिरबाट सुरु भएको च्यालेन्ज अभियान रजौरास्थित लक्ष्मी–नारायण मन्दिर हुँदै सितलपुर मन्दिर पुगेको थियो । तुलसीपुर साइकल क्लबका सल्लाहकार रेश्मि अधिकारीका अनुसार त्यहाँबाट उनीहरु साइकल चलाउँदै बखर्रे बाट कलम खोला हुँदै तुलसीपुर – ११ मोतिपुरस्थित भाइरल झोलोङ्गेपुल मुनीको सुन्दर फाँटमा पुगेका थिए ।

उनीहरु त्यहाँबाट तुलसीपुर फिर्ता भइ झन्डै ४० किलोमिटर दुरी पुरा गर्दै कोरा च्यालेन्ज पुरा गरेका थिए ।
त्यसअघि तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिरमा भेला भएका साइडरहरुलाई जिल्ला साइकल संघका अध्यक्ष खुमबहादुर न्यौंपानेले कोरा साइकल च्यालेन्जको उदेश्य र महत्व बारे प्रकाश पारेका थिए ।
उनीहरुको हौसलाका लागि आएका तुलसीपुर शिक्षा शाखा प्रमुख चक्र भण्डारीले वातावरण पर्दुशन न्यूनिकरण गर्न तथा शारीरिक ब्यायमको लागि मानव जीवनमा साइकलको महत्व बारे चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला साइकल संघका सचिव रञ्जन कोइराले गरेका थिए । कोरा च्यालेन्जमा तुलसीपुर साइकल क्लबका अध्यक्ष रञ्जन सिंह लगाएतका २५ जना जति साइकिलिष्टहरु सहभागी थिए ।
कोरा च्यालेन्जमा मठ, मन्दिर, गुम्बा वा मस्जिद जस्ता धार्मिक अनुष्ठानहरुलाई दायाँ पारी परिकर्मा गर्ने गरिन्छ ।
त्यस्तै घोराहीमा पनि दाङ साइकल सिटीको आयोजनामा शनिबार घोराही कोरा साइक्लिङ च्यालेन्ज –२०२६ भयो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए ।
घोराही उपमहानगरपालिका –१५ स्थित ललित इन्टरप्राइजेज होन्डा सोरुम बाट सुरु भएको च्यालेन्जमा ५० जति राइीडरहरु सहभागिता थिए ।
उनीहरुले शहीद गेट, तुलसीपुर चोक, न्यूरोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, डबरी, चौघेरा मन्दिर, बर्गदी र पनौरा हुँदै घोराही–५ स्थित धारापानी मन्दिरसम्म पुगेर पुनः होटल माला इनमा आइ च्यालेन्ज पुरा गरेका थिए ।
