२०८३ भाद्र १७ गते बुधवार

तुलसीपुरको ज्ञान ज्योति स्कुलले बाढी पीडितका लागि १५ लाख बढी रकम पठायो

तुलसीपुर, भदौ १६ ।


तुलसीपुरस्थित ज्ञान ज्योति फाउन्डेसनले बाढी पीडितको सहयोगका लागि १५ लाख बढी आर्थिक सहयोग पठाएको छ ।
फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र जिसीका अनुसार १५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए ।


फाउन्डेसन अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा सञ्चालित विभिन्न स्कुलहरुमा कार्यरत शिक्षक, कर्मचारी र संस्थाको तर्फबाट बाढी पीडितको सहयोगार्थ संकलित रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सिइयो जिसीले बताए ।

भदौ १० गते बिहान भोटेकोशीमा आएको बिनासकारी बाढीका कारण प्रभावित भएका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस भन्ने उद्देश्यले शिक्षक, कर्मचारीहरू तथा संस्थाको सहभागितामा उक्त रकम संकलन गरी कोषमा हस्तान्तरण गरिएको जिशीले बताए ।

फाउन्डेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपद्, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको उनले बताए ।
सिइयो जिशीले बाढी पहिरोजस्ता प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै उनले फाउन्डेसनले आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *