दाङ , भदौ २७ ।
सल्यानमो जिप दुर्घटनामा परि एक बालक र एक किशोरी गरि दुई जनाको मृत्यु भएको छ । थप ४ जना घाइतेलाई दाङका रिफर गरिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका – ६ का ८ बर्षीय रेशम बुढाथोकी र त्रिवेणी – ५ की १८ बर्षीया बिपना बुढाथोकीको उपचारका क्रममा बिहान १० ः २२ मा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए ।
जिल्ला अस्पताल खलंगामा चेकजाँच पछि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनाका थप चार घाइते मध्य चालक त्रिवेणी – ५ सिम्खका २४ बर्षीय भुपाल पुन, त्रिवेणी – ६ की ४२ बर्षीया लालमती बुढाथोकीको अवस्था गम्भीर छ । त्यस्तै त्रिवेणी – ५ का २९ बर्षीय पारस बोहरा र ५० बर्षीय डिल्लीबहादुर वलीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरु चारै जनालाई त्रिबेणी हल्थ केयर लुहाममा प्रारम्भीक उपचार पछि थप उपचारको लागि दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ८ बजेतिर भित्री सडक खण्ड अन्तगर्त जिल्लाको त्रिवेणी गाउँपालिका –५ सिम्कस्थित सरस्वती मावि स्कुल नजिकै लु ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप करिब ९० मिटर मुनी खसेको थियो । जिल्ला प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले घटना बारे थप अनुसन्धान भइ रहेको जानकारी दिए ।
