
तुलसीपुर, भदौ १६ ।
दाङ घोराहीको ज्योतिपुन्ज एजुकेशनल स्कुल परिवारले बाढी पीडितका लागि ३ लाख आर्थिक साहेता पठाएको छ ।
एजुकेशन ग्रुप अन्तर्गतका दुई विद्यालयले ३ लाख बढी रकम संकलन गरि बाढी पीडितको साहेताका लागि राहात कोषमा जम्मा गरेका हुन ।
ज्योतिपुन्ज आवाशिय माध्यमिक विद्यालय घोराही र ज्योतिपुन्ज मोडेल इङ्लिश स्कुल रामपुरका शिक्षक तथा कर्मचारी, विद्यार्थीले ३ लाख ३ हजार ३ सय ३३ रुपैंया संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बिद्यालय प्रशासनले जनाएको छ ।
घोराही– १५ भरतपुरस्थित आबाशिय बिद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थी र विद्यालयका तर्फबाट २ लाख १२ हजार ३ सय ३३ रुपंैया र ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुल घोराही– २ रामपुरका शिक्षक तथा कर्मचारी र विद्यालयका तर्फबाट ९१ हजार गरि कुल ३ लाख ३ हजार ३ सय ३३ रुंपैया जम्मा गरिएको ग्रुपका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।