
तुलसीपुर, भदौ १ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको पहिलो ‘उपकुलपति कप फुटसल प्रतियोगिता–२०८३’ को समापन गरिएको छ ।
प्रतियोगिताको पुरुषतर्फ प्रशासन समूहको टिम ‘ब्लु मिमोसा’ ले उपाधि जित्यो । उस्ले एमबीबीएस प्रथम सेमेस्टरको कार्डियाक स्ट्राइक्सलाई फाइनल खेलमा ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको पुरुषतर्फको उपाधि जितेको हो ।
त्यस्तै, महिलातर्फ एमबिबीएस प्रथम सेमेस्टरको टिम इन्भिन्सिबलले उपाधि जितेको छ ।
‘ब्लु मिमोसा’ प्रतिष्ठानका इमरजेन्सी, ल्याब तथा फार्मेसी सेवामा कार्यरत कर्मचारीको सहभागिता थियो । शाखा अधिकृत राजन घिमिरे कप्तान, फार्मेसी अधिकृत अशोक सुवेदी व्यवस्थापक र लेखा अधिकृत रोशन आचार्य प्रशिक्षक थिए ।
पुरस्कार प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र र निमित्त अस्पताल निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइली, शिक्षक बिद्यार्थी वेल फेयर कमिटीका संयोजक डा. सुलभ रेग्मी, नर्सिङ क्याम्पस प्रमुख प्रा. अम्बिका पौडेल, शर्मिला शर्मा, पूजा शर्मा लगायतले प्रदान गरेका थिए ।
प्रतिष्ठानमा पहिलोपटक आयोजना गरिएको उपकुलपति कप फुटसल प्रतियोगिताले चिकित्सक, कर्मचारी तथा विद्यार्थीलाई कार्यक्षेत्रभन्दा बाहिर पनि एकआपसमा घुलमिल हुने अवसर प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
