२०८३ भाद्र २८ गते आइतवार

स्वचालित पेस्तोलसहित दुई युवा पक्राउ

दाङ , भदौ २७ ।


सुर्खेत प्रहरीले स्वचालित पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ ।


दैलेख जिल्लाको आठबिसकोट नगरपालिका – ६ का ३० बर्षीय भीमबहादुर शाही र आठबिसकोट – ५ का २७ बर्षीय भुपेन्द्र शाही स्वचालित पेस्तोलसहित पक्राउ परेका हुन ।
सुर्खेतका प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार भदौ २२ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत हवल्दार कृष्णबहादुर रानासमेतले शाही द्धयका बिरुद्ध अभद्र ब्यबहार सम्बन्धि मुद्दा दायर गरेका थिए ।


पक्राउ पछि भदौ २६ गते सोधपुछका क्रममा भुपेन्द्र शाहीले दैलेखको आठबिसकोट – ४ स्थित राकम खोली बजार नजिकै खोल्सामा स्वचालित हतियार पेस्तोल लुकाइ छिपाइ राखेको सूचना दिएका थिए ।


सोही सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले दैलेख प्रहरीको सहयोगमा भनिएको ठाउँमा गइ खोज तलास गर्ने क्रममा खोली बजार नकिजै रहेको खोल्साको झाडीमा प्लाष्टिकको पोका बनाइ राखेको स्वचातिल पेस्तोल , त्यसको एक थान म्याकजिन र प्रयोग हुने गोली ५ राउन्ड बरामद भएको थियो ।
शाही द्धयमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *