२०८३ भाद्र ११ गते बिहिवार

भोटेकोशी बाढीमा परि सल्यानका ४५ जना बेपत्ता , २ जना घाइते , थप २ जना सम्पर्कमा

सल्यान, रोल्पा, रुकुम र प्यूठानका कति सम्पर्क बिहिन छन् ?


दाङ, भदौ ११ ।


रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सल्यानका ४५ सम्पर्कविहीन छन । थप दुई जना घाइते छन् भने अरु थप दुई जना परिवारको सम्पर्कमा आएका छन् ।
जिल्लाका प्रहरी प्रबक्ता देवराज भट्टराइका अनुसार जिल्लाको बनगाड कुपिन्डे नगरपालिका – ६ गौरी गाउँकाका मात्रै ९ जना र बनगाड कुपिन्डे – ६ कै गगन कटेराका २ जना बाढीमा परी बेपत्ता छन् । एकै परिवारका पाँच जना बेपत्ता छन् । बाढीमा परि श्रीमान घाइते छन् भने उनकी श्रीमति, दुई छोरी र दुई जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक बेपत्ता तथा सम्पर्क बिहिन ब्यक्तिहरुको बिवरण यस्तो छ ।

बनगाड कुपिण्डेका बेपत्ता तथा घाइतेहरु –

१ –बनगाड कुपिण्डे नपा – ६ गैरीगाउँका ३६ बर्षीय गिरिलाल बुढाथोकी (घाइते उपचाररत सम्पर्कमा रहेको)
२ – बर्ष ३५ की मुनिता बुढाथोकी –बेपत्ता (गिरिलालकी श्रीमती)
३ – बर्ष १८ की डिला बुढाथोकी – बेपत्ता (छोरी) ।
४ – बर्ष १६ की निर्मला बुढाथोकी – बेपत्ता (छोरी) ।
५– बर्ष १४ का निराजन बुढाथोकी – बेपत्ता (छोरा) ।
६– बर्ष १२ का केशव बुढाथोकी – बेपत्ता (छोरा) ।
७ –गैरीगाउँकै बर्ष २४ बर्षीय गगन बस्नेत –बेपत्ता
८– गैरीगाउँकै बर्ष ३६ का चित्रबहादुर पुन (बेपत्ता)
९–चित्रबहादुरकी श्रीमति बर्ष २९ की पविना राना पुन (बेपत्ता)
१०– उनीहरुका छोरा बर्ष ३ का जितेन्द्र पुन (बेपत्ता)
११ – बनगाड – ६ गगनकटेराका २९ ठाकुरवीर ऐरी –घाइते सम्पर्कमा)
१२ – ठाकुरको श्रीमती बर्ष २८ की बिना ऐरी (बेपत्ता)
१३– उनीहरुकी छोरी बर्ष ५ की दिपिका ऐरी (बेपत्ता)
१४– सिद्धकुमाख गाउँपालिका – ४ मेलाचौरका बर्ष ३१ क हिरालाल घर्ती मगर (बेपत्ता)
१५–कुमाख – ३ गुरुवासेका बर्ष ६० का दुर्गाबहादुर राना (बेपत्ता)
१६ –गुरुवासेका बर्ष ४३ का नमप्रकाश राना (बेपत्ता)
१७ –गुरुवासेका बर्ष ४० का गणेश राना (बेपत्ता)
१८ –गुरुवासेकै बर्ष २५ का नविन राना (बेपत्ता)
१९– गुरुवासेकै बर्ष ५५ का ड्यासे राना (बेपत्ता)
२०– गुरुवासेकै बर्ष १७ का नन्दराम राना (बेपत्ता)
२१ – गुरुवासेकै बर्ष २४ का चित्रबहादुर राना (बेपत्ता)
२२ कुमाख – १ भितिवनका बर्ष ५० का खुर्सल राना (सम्र्पकमा रहेको )
२३ – कुमाख – १ साधनमुढाका बर्ष ४५ का शेरबहादुर बिक (सम्र्पकमा रहेको)
२४ – शारदा नगरपापलिका – १३ सल्लेरी बर्ष ३२ की प्रमिला बुढाथोकी (सम्पर्क विहिन) ।
२५ – सल्लेरीकी बर्ष २८ की लक्ष्मी बुढाथोकी (सम्पर्क विहिन) ।
२६ – सल्लेरीका बर्ष १७ का प्रविण बुढाथोकी (सम्पर्क विहिन) ।
२७ – सल्लेरीकै बर्ष ३९ की रिता बुढाथोकी (सम्पर्क विहिन) ।
२८– सल्लेरीकै बर्ष ४४ का रिमबहादुर बुढाथोकी (सम्पर्क विहिन)
२९ – त्रिवेणी गाउँपालिका – ५ का प्रेम महतरा (सम्पर्क विहिन)
३० – त्रिवेणी – ५ का पोषण महतरा (सम्पर्क विहिन)
३१ – त्रिवेणी – ५ का रुपलाल विक (सम्पर्क विहिन)
३२ त्रिवेणी – ५ का निमकुमार विक (सम्पर्क विहिन)
३३ – त्रिवेणी – ५ का लालसिंह विक (सम्पर्क विहिन)
३४ – त्रिवेणी – ५ का प्रकाश विक (सम्पर्क विहिन)
३५ – कपुरकोट गाउँपालिका – ६ का बर्ष ५५ का हिमलाल सार्की (सम्पर्क विहिन)
३६ – कपुरकोट – ६ कै बर्ष ३५का रामबहादुर सार्की (सम्पर्क विहिन)
३७ – कपुरकोट – ६ कै बर्ष १९ का तिलक सार्की (सम्पर्क विहिन)
३८ – कपुरकोट – ६ कै बर्ष २७ का किरण विक (सम्पर्क विहिन)
३९ – कपुरकोट – ६ कै बर्ष ४२ का मानबहादुर विक (सम्पर्क विहिन)
४० – कपुरकोट – ६ कै बर्ष ३३ का लालबहादुर विक (सम्पर्क विहिन)
४१ – कपुरकोट – ६ कै बर्ष २७ का प्रकाश सार्की (सम्पर्क विहिन)
४२ – कपुरकोट – ६ कै बर्ष ४३ का लक्ष्मण सार्की (सम्पर्क विहिन)
४३ – कपुरकोट – ६ कै बर्ष ३५ का भिमबहादुर ठकुरी (सम्पर्क विहिन)
४४ – कपुरकोट – ६ कै बर्ष ४४ का खिमबहादुर दमाई (सम्पर्क विहिन)
४५ – कपुरकोट – ६ कै बर्ष ६१ क टेकबहादुर बस्नेत (सम्पर्क विहिन)
४६ – त्रिवेणी गाउँपालिका – ४ का २४ बर्षे मोहन रेउले (सम्पर्क विहिन)
४७ – त्रिवेणी – ५ का बर्ष २५ का रोहित बुढाथोकी (सम्पर्क विहिन)
४८– कालीमाटी गाउँपालिका – ३ का बर्ष ३८ भुपेन्द्र रावत (सम्पर्क विहिन)
४९ – कालीमाटी – ३ का बर्ष ४५ का भुपेन्द्रबहादुर खत्री (सम्पर्क बिहिन)

रुकुम पश्चिमका १४ सम्पर्क बिहिन


रुकुम पश्चिका प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलका अनुसार हालसम्म जिल्लाका १४ जना बेपत्ता रहेको भन्ने खबर स्थानीयले गरेका छन् । १६ जना मध्य सम्पर्क बिहिन २ जना भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रबक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार सम्पर्क बिहिन रहेका भनिएका पाँच जना भने जिल्ला बाट बर्दियामा बसाइ सरेको भन्ने सुन्नमा आएको हुँदा केही बेरमै त्यस बारे आधिकारिक धारणा सार्वजनिक गरिने बताए ।

रुकुम पूर्वमा ३ जना सम्पर्क बिहिन


त्यस्तै रुकुम पूर्वको भूमे गाउँपालिका – ३ घर भइ रसुवामा कार्यरत प्रहरी जवान मिलन श्रेष्ठ बाढी पछि सम्पर्क बिहिन रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेले बताए । पाण्डेका अनुसार भूमे – ३ का थप एक जना र सिस्ने गाउँपालिका – ४ का थप अर्का एक जना ब्यक्तिपनि बाढी पछि सम्पर्क बिहिन रहेको भनेर घर परिवारले जानकारी दिएका छन् ।

रोल्पाका ६ जना सम्पर्क बिहिन

रोल्पाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार जिल्लाका ५ देखि ६ जना बाढी पछि सम्पर्क बिहिन रहेको भनेर आफन्तले प्रहरीमा खबर गरेको हुँदा त्यसबारे थप बुझ्ने कार्य भइ रहेको बताए ।

प्यूठानका ३ जना सम्पर्क बिहिन


प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले हालसम्म प्यूठानका ३ जना ब्यक्ति रसुवाको बाढीमा परि बेपत्ता रहेको भनेर स्थानीयले फोन सम्पर्क गरेको हुँदा त्यसको आधिकारिता बुझ्ने प्रयास भइ रहेको बताए ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *