
तुलसीपुर , भदौ २२ ।
तुलसीपुरस्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था (रफिकोल) बाढी पीडितको सहयोगार्थ ५१ हजार बढी रकम राहेता गरेको छ ।
हरेक बर्ष मनाउदै आयको तीज मिलन कार्यक्रम नगरी रफिकोलले यो रफिकोलले ५१ ह्जार १ सय ११ रुपैंयाँ आर्थिक साहेता प्रदान गरिएको रफिकोलका महिला तथा युवा उपसमितिका सदस्य ऋषिराज भण्डारी बताए ।
भोटेकोशीको बाढी प्रभावितको सहयोगार्थ सोमबार उक्त रकम प्रधानमन्त्री दैबि प्रकोप राहत कोषमा उक्त संस्थाले सोमबार जम्मा गरिएको भण्डारीले बताए ।
यसअघि भण्डारी नेतृत्वको तुलसीपुर चेम्बर अफ कमर्षले पनि प्रधानमन्त्री बिपद कोषमा ५१ हजार १ सय ५१ रुपैंयाँ जम्मा गरेको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
