२०८३ जेष्ठ ३१ गते आइतवार

डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

डुडुवा (बाँके),चैत्र २६ । बाँके डुडुवा गाउँपालिकाले पहिलो पटक सबै नागरिकहरुको स्वास्थ्य विमा गर्न शुरु गरेको छ ।

घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत हरेक नागरिकको विमा गरि बढीमा दुई लाखसम्मको उपचार सेवा प्रदान गरिने छ ।

प्रति परिवार रु ७०० का दरले परिवारिक संख्याका आधारमा विमा गरिनेछ । गाउँपालिकाले लिएको लक्ष्य अनुसार हाल ५० प्रतिशत गाउँपालिकाले सहयोग गर्ने र ५० प्रतिशत रकम स्वयम् विमाकर्तालाई बुझाउनुपर्ने डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

प्रतिपरिवारले एक वर्षमा रु.२० हजार बराबरको निशुल्क औषधी उपचार सेवा पाउनेछ ।
विमाका लागि डुडुवा वार्ड नं १ देखि ६ वडासम्म ६ जनालाई विमा सहायकमार्फत नागरिकहरुको विवरण संकलन गरि विमा गर्नका लागि ति कर्मचारीलाई इन्ड्रोवइट मोबाइल सेट, झोला तथा स्टेश्नरीका सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीेले डुडुवामा बसोबास गर्ने अधिकास नागरिकको आर्थिक अवस्था कमजोर भएकाले विरामी भएपछि उपचार गर्न नसक्ने जनताको विमामार्फत उपचार सेवा प्रदान गर्न सहज हुने बताए ।

उनले डुडुवाका नागरिकको घरघरमा सेवा प्रदान गर्ने लक्ष्य अनुसार कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर यो अभियान शुरु गरेको र गाउँपालिकामै विशेषज्ञ सेवामार्फत उपचार गर्ने बताए ।

गाउँपालिकाले ७० वर्ष पुगेका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुको निशुल्क विमा गरेको छ भने अन्य मानिसहरुको ५० प्रतिशत सहयोग गरेको छ । पहिलो पटक डुडुवाले स्वास्थ्य विमा कार्यक्रम ल्याएको छ ।

डुडुवाले जेष्ठनागरिकहरुका लागि छुटटै अस्पताल निमार्ण गरिरहेको छ ।

उक्त अस्पताल माफर्त विशेषज्ञ चिकित्सक, ल्याब, एक्सरे सेवा, फार्मेसी लगायतको सेवा प्रदान गर्ने गरि तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *