२०८३ जेष्ठ २३ गते शनिवार

तुलसीपुरमा जेठ २८ गतेदेखि अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने


तुलसीपुर, जेठ २३ ।
दाङको तुलसीपुरमा प्रथम अन्तराष्ट्रिय स्कुल स्तरिय लुम्बिनी कप कराते प्रतियोगिता हुने भएको छ ।
नेपाल कराते महासंघ लुम्बिनीले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष पदम बस्नेतले शनिबार तुलसीपुस्थित ‘द पार्क क्याफे’मा आयोजित पत्रकार सम्मेलनमा जेठ २८ गतेदेखि ३१ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा बिदेशका गरि ६ सय खेलाडी तथा प्रशिक्षक तुलसीपुर आउने बताए ।
तुलसीपुर उपमहानगरपालिका – ६ स्थित बहुउदेश्य कबर्डहलमा प्रतियोगिता आयोजना हुने र त्यसमा नेपालसहित बिदेशका समेत गरि झन्डै ८० बिद्यालयका खेलाडी सहभागि हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा भाग लिनका लागि हालसम्म भारत, बंगलादेश र भुटानका खेलाडीले आफ्नो नाम दर्ता गरि सकेका छन् ।
सबै भन्दा धेरै झन्डै ८० हाराहारीमा भारतका खेलाडी, त्यसपछि बंगलादेश र भुटानका खेलाडीले प्रतियोगितामा भाग लिनका लागि आ–आफ्नो देशको प्रतिनिधित्व गर्दैै नाम दर्ता गराइ सकेको अध्यक्ष बस्नेतले बताएका थिए ।
महिला पुरुष दुबैका लागि २५ केजी तौल समुहदेखि ८४ केजी तौल समुहका खेलाडीले खुल्ला प्रतिष्र्धा गर्न पाउने छन् ।
कराते तर्फ नयाँ पुस्ताको ध्यानाकर्षण गराउन, बिभिन्न देशहरुका बीचमा भाइचारा कायम राख्न तथा खेल पर्यटनका माध्यमबाट दाङसहित नेपालको बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशको दाङमा प्रथम अन्तराष्ट्रिय स्कुल स्तरिय लुम्बिनी कप कराते प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
प्रतियोगिताका बिजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगिता आयोजना गर्न करिब साढे ४४ लाख जति खर्च लाग्ने अनुमान गरिएको छ । यो रकम मध्य करिब ५ लाख जति लुम्बिनी प्रदेश खेलकुद मन्त्रालय, नेपाल कराते महासंघ लुम्बिनी लगाएतको सहयोगमा जोहो गरिने भएको छ । त्यस्तै प्रतियोगिताका लागि ब्यबसायिक घराना र बिज्ञापन दाताको खोजी गर्ने बारेमा पनि छलफल भइ रहेको पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *