दाङ, जेठ २६ ।
श्रीमतिको हत्या आरोपमा १० बर्ष कैद सजाए तोकिएर जेल परेपनि भागेका श्रीमान २२ बर्ष पछि पक्राउ परेका छन् ।
अर्घाखाँचीको साबिक सिमलपानी गाबिस –९ र हालको शितगंगा नगरपालिका – १३ का ५५ बर्षीय लुमबहादुर सुनार २२ बर्षपछि पक्राउ परेका हुन ।
उनी माथि २०६१/०७/३० गते बिहान ८ बजेतिर तत्कालिन समय ३३ बर्षका सुनार माथि आफ्नै २५ बर्षीया श्रीमति मिना सुनारको कुटपिट गरि हत्या गरेको अभियोग थियो ।
अर्घाखाँचीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक झकलप्रशाद शार्मका अनुसार उक्त कतब्र्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै ५ बर्षको कैद सजाएको फैसला सुनाएको थियो । तर, सर्बौच्चले लुमबहादुरलाई दोब्बर बढी १० बर्ष कैदको फैसला सुनाएको थियो ।
पक्राउ पछि लुमबहादुर २०६१/०८/१७ गतेदेखि कपिलबस्तु कारागार कार्यालयमा थुनामा पठाइएका थिए । २०६२/१२/२५ गते तत्कालिन नेकपा (माओबादी)ले तर, जिल्ला कारागार कार्यालय कपिलबस्तुमा आक्रमण गरेपछि लुमबहादुर कारागार बाट भाग्न सफल भएका थिए । मौकाको फाइदा उठाउँदै कारागार बाट भागेपछि लुमबहादुर छिमेकी देश भारतमा बसेका थिए ।
केही समय पहिला लुमबहादुर स्वदेश फर्किएर आफ्नै गाउँ ठाउँमा बस्दै आएको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा खटिएको प्रहरीले लुमबादुरलाई शितगंगा नगरपालिका – ४ भेडामाराबाट २२ बर्ष पछि नियन्त्रणमा लिएको थियो ।
पक्राउ पछि लुमबहादुरलाई प्रहरीले जिल्ला अदालत अर्घाखाँचीमा उपस्थित गराएको थियो । अदालतको आदेशलाई शुक्रबार लुमबहादुरलाई बाँकी कैद सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको प्रहरीले जानकारी दिएको छ । २२ बर्ष हाल आएर पक्राउ परेका लुमबहादुरले अझैं ८ बर्ष ७ महिना ८ दिन सजाए भुक्तान गर्न बाँकी छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
