

तुलसीपुर, जेठ २६ ।
दाङ तुलसीपुरको ‘फ्रेन्ड फिटनेस जिम क्लब’का खेलाडीले बाँकेको नेपालगंजमा भएको तेस्रो मेयर कप फिटनेस प्रतियोगितामा बिभिन्न पदकहरु जितेका छन् ।
फ्रेन्ड फिटनेस बाट प्रतिष्पर्धा गरेका ७ जना खेलाडी मध्य ६ जनाले ९ वटा पदक जितेको क्लवका संचालक तथा कोच आषिश श्रेष्ठले बताए ।
क्लवका तर्फबाट ६० केजी तौल समुहबाट सरोज कँडेलले १ स्वर्ण पदक, सव जुनियर तौल समुह अन्र्तगत करण वलीले २ वटा स्वर्ण पदक , सोही तौल समुहकै कृष्ण खड्काले १ स्वर्ण र १ रजत पदक, सिनियर ६० केजी तौल समुहमा मिना शाहीले १ रजत पदक , ६० केजी भन्दा माथिको तौल समुहबाट रोमिसा सापकोटाले १ कास्य पदक र पिताम्बर गौतमले २ वटा रजत पदक जित्न सफल भएका हुन ।
फ्रेन्ड फिटनेस जिम क्लबका तर्फबाट प्रतिष्पर्धामा भाग लिएका खेलाडीले कुल ४ स्वर्ण, ४ रजत र १ कास्य गरि ९ वटा पदकहरु जिन्त सफल भएको क्लवका संचालक तथा कोच श्रेष्ठले बताए । प्रतियोगितामा ९ वटा बिभिन्न मेडलहरु जितेर तुलसीपुरको बाहिनी चोकस्थित ‘फ्रेन्ड फिटनेस जिम क्लब’ दृतिय स्थान हासिल गर्न सफल भएको थियो । यो जिम क्लब जिल्लाकै सबै भन्दा पुरानो जिम क्लब मान्ने गरिन्छ ।
यो जिम क्लबले हालसम्म सयौं युवा युवतिलाई निरोगी बनाउन भूमिका खेलेको संचालक आषिश श्रेष्ठले बताए ।
‘हालसम्म हाम्रो क्लब बाट सयौं हजारौं मानिसहरु ब्यायाम गरि निरागी जीवन जिउन सफल भएका छन्,’ उनले भने ‘ उदेश्य हाम्रो निरोगी समाज र दुब्र्यसनी युक्त समाज निर्माण गर्नु हो ।’
पछिल्लो सफलताले खेलाडी तथा ‘फ्रेन्ड फिटनेस जिम क्लब’ परिवार थप उत्साहित बनेको श्रेष्ठले बताए ।
बाँकेको नेपालगंजमा जेठ २४ गते समापन भएको प्रतियोगितामा दाङ लमहीको ‘स्मार्ट लमही जिम क्लब’का खेलाडीपनि सहभागी भएका थिए । उनीहरुले पनि केही मेडलहरु जितेका थिए ।
