तुलसीपुर, जेठ ११ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसुति सेवा थप प्रभावकारी बन्दै गएको छ ।
प्रतिष्ठानले चालु आर्थिक बर्षको एक महिनामा तीन सय ४८ जना महिलाले निशुल्क प्रसुति सेवा प्राप्त गरेका हुन । यो संख्या बैशाख १ गतेदेखि ३१ गते सम्मको हो ।
प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ प्राध्यापक डा. बसन्त लामिछाने नेतृत्वमा अन्य प्रसुति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निशुल्क प्रसुति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ ।
आमा सुरक्षा कार्यक्रम निशुल्करुपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निशुल्क प्रसुति गराउन आउने महिलाहरु अहिले सेवा पाउँदा खुसी भएका छन ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह(प्राध्यापक डा. सुरेश रसाइलीले प्रतिष्ठानमा सन्चालित निशुल्क प्रसुति सेवाले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।
प्रतिष्ठानमा महिना दिनमै नर्मल डेलिभरी दुई सय आठ जना र शल्यचिकित्सा सेवावाट एक सय ४० जना गरि कुल तीन सय ४८ जनाले सुरक्षित सुत्केरी सेवा पाएका अस्पताल प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै प्रसुति सेवा बिभागबाट बैशाख महिनामा गर्भपतन (मिसक्यारिज) ४१ जना र अन्य ६ जनाले सेवा पाएका छ्न । बैशाख महिनामा प्रसुति सेवाबाट दूई हजार एक सय ९४ जना महिलाले ओपिडी सेवा र ५३ जना भर्ना भइ उपचार भएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
