२०८३ जेष्ठ १४ गते बिहिवार

सुन तोलामा ५ हजार र चाँदी २ सय १५ रुपैंयाँले घट्यो

दाङ, जेठ १४ ।
बिहीबार सुन–चाँदीको भाउ घटेको छ।
नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला पाँच हजार पाँच सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कोरोबार भइ रहेको छ ।
सुन बुधबार तोलामा एक हजार रूपैयाँ घटेको थियो ।
बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य प्रतितोला दुई सय १५ रूपैयाँ घटेको छ । बिहीबार चाँदी तोलामा चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार प्रतितोला पाँच हजार ८० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *