बिजौरी,जेठ ३० । बिजौरी उद्योग बाणिज्य संघको मासिक नियमित बैठक सम्पन्न भएको छ । शनिबार संघका अध्यक्ष रेश्मीराज खड्काकाे अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले तुलसीपुर १९ छिल्लिकोटमा रहेको कालिका – मालिकाको प्रांगणमा बिश्वकै ठुलो कलश निर्माणका लागि संघको तर्फबाट रु. १० हजार १ सय ५ रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
बैठकले आउंदो असार १३ गते हुन लागेको छैठौं औं अधिबेशन तथा १३ औं साधारणसभालाई भब्य रुपमा सफल बनाउनका लागि निर्बाचन समिती गठन गरेको उनले बताए ।
उनका अनुसार समितिको संयोजकमा संघका कानुनी सल्लाहकार बिष्णुमणि धिताल सदस्यहरुमा अधिबक्ता प्रकाश रेग्मी र अधिबक्ता मधुसूदन गौतम रहेका छन ।
त्यस्तै अधिबेशन तथा साधारणसभा कार्यक्रमलाई सफल बनाउन संघले संघले विभिन्न उपसमितिहरु गठन समेत गरेको छ ।
