

तुलसीपुर, जेठ २५ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा मगर र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन ।
दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ । यस अघि प्रमुख सचेतक रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर थिए ।
चौधरीले सोमबार नै कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गरेका थिए । त्यस्तै सचेतक रहेकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
