२०८३ जेष्ठ ३१ गते आइतवार

२१ बर्षीया महिलाको घाँस काट्ने क्रममा लडेर मृत्यु


दाङ, जेठ ३१ ।
प्यूठानमा घाँस काट्ने क्रममा एक जना २१ बर्षीया महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका –५ गावै माझटोलकी २१ बर्षीया दुर्गा गिरीको आइतबार बिहान भिर विसौना नजिकै अँधेरीखोलामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान गोबिन्द गिरी रोजगारीको शिलशिलामा बिदेशमा छन् । घरमा उनीहरुका तीन बर्षीय छोरा छन् ।
बिहान ८ बजेतिर घाँस काट्ने क्रममा गिरीको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीयले घटना बारे बिहान १० बजेतिर सूचना दिएका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *