२०८३ जेष्ठ ११ गते सोमवार

तुलसीपुर ट्राफिक प्रहरीको रक्तदान, गरे ६३ जनाले रक्तदान


तुलसीपुर, जेठ ११ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
अस्पतालमा रगतको अभाव भएको गुनासको आधारमा अभाव परिपुर्ती गर्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख सई तिर्थ भुसालले दुर्घटना बाट अंगभंग भएका घाइतेहरुको जीवन रक्षार्थ सहयोग पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । ‘ केही घाइतेका आफन्तहरुले मलाई फोन गरि रगतको अभाव भएको कुरा गर्नु भएको थियो,’ भुसालले भने ‘ दुर्घटनाका घाइते, गर्भबति महिला र बिरामीको जीवन जोगाउन सकियोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौं ।’
तुलसीपुरस्थित ट्राफिक कार्यालय परिशरमा भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दाङको प्राबिधिक सहयोग र समन्वयमा भएको हो ।
त्यसक्रममा ६३ जनाले रक्तदान गरेको तथा ६३ पाउण्ड रगत बैंकमा रगत जग्मा भएको नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका कार्यालय प्रमुख बिश्राम अधिकारीले जानकारी दिए ।
‘अस्पतालहरुमा रगतको चरम अभाव सृजना हूँदै थियो,’ प्रमुख अधिकारीले भने ‘ ट्राफिक प्रहरीले आयोजना गरेको रक्तदानमा निकै उत्साह देखियो । यस्ले तत्कालको अभाव टार्न सहज हुने भयो ।’
रक्तदानमा १२ जना प्रहरी, ज्ञाज्योति बोर्डिङ स्कूल, गोरखा बोर्डिङ स्कूल, सेन्टर मावि तुलसीपुर, राप्ती बबई क्याम्पसका बिद्यार्थीका साथै केही सर्वसाधारण पनि ट्राफिक प्रहरी कार्यालयमा पुगेर रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *