
तुलसीपुर, जेठ २९ ।
दाङको लमहीमा शनिबार निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षधर छुट्टै भेला हुने भएको छ ।
तुलसीपुरस्थित वष्टर्न पार्टी प्यालेसमा शुक्रबार बिहान आयोजित भेलामा नेता गेहेन्द्र गिरीले त्यस्तो जानकारी दिएका हुन ।
‘हामी भोलि देउवा निकट नेता कार्यकर्ताको भेला लमहीमा आयोजना गरेका छौं,’ उनले भने ‘ भोलिको बैठक पछि लुम्बिनी प्रदेशस्तरिय भेला कहिले गर्ने भन्ने निधो हुने छ ।’
निवर्तमान केन्द्रीय सदस्य गिरीले शनिबार लमहीमा हुने देउवा निकट भेला बाट लुम्बिनी प्रदेशस्तरिय छुट्टै भेलाको मिति तय हुने बताए ।
साथै उनले हालसम्म आँफुले क्रियाशिल सदस्यता अद्याबधिक नगरेको भन्दै आँफु निकट र समाजमा पहिचान बनाएका नेता कार्यकर्तालाई अहिले नै आत्तिएर अद्यावधिक नगर्न आग्रह गरे ।
‘हामी काँग्रेस हो त्यसमा दुई मत छैन,’ उनले भने ‘ तर, यो हाम्रो एक किसिमको लडाइ हो । अद्यावधिकको संख्या कम भए त्यसले गगन थापासंग नैतिक लडाइ लड्न भविश्यमा सहज हुने छ ।’
नेता गिरीले १४औं महाधिवेशनमा क्रियाशिल सदस्यहरुलाई स्वतह पार्टीले अद्याबधिक गर्नुपर्ने तर्क गरेका थिए । भेलामा सहभागि कतिपय नेता कार्यकर्ताले क्रियाशिल सदस्यता अद्यावधिक गर्ने सवालमा बिभेद गरिएको तथा बिषेश महाधिवेशन पक्षधरको हालीमुहाली चलेको भन्दै बिरोध जनाएका थिए ।
सहज र सलर रुपमा इच्छुक सबैले क्रियाशिल सदस्यता अद्यावधिक गर्नु पाउनु पर्नेमा आँफु निकटलाई सहज रुपमा गर्न दिने गरेपनि अरु माथि बिभेद गरिएको उनीहरुको दोषरोपन थियो ।
