
तुलसीपुर, जेठ २९ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिएनएस नर्सिङ तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ ।
शिक्षकहरुले १६ जना बिद्यार्थीलाई सामुहिकरुपमा टिका र मायाको चिनो प्रदान गरेर बिदाइ गरेका हुन ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाईलि, स्कुल अफ नर्सिङका प्रमुख प्रा. अम्बिका पौडेल लगायतले उनीहरुलाई उज्वल भविश्यको कामना गर्दै बिदाइ गरेका थिए ।
डा.रसाइलीले त्यसक्रममा ददै आफुले पढेका कुराहरु कार्यस्थलमा ब्यावहारीकरुपमा कार्यान्वयन गर्न सुझाएका थिए ।
आफ्नो सीप, क्षमता, बोली, बचन, ब्यवहारलाई बिरामी मैत्री बनाउदै लैजान उनले आग्रह गरेका थिए ।
प्रतिष्ठानका बिएनएस तेस्रो बर्षका कोर्डिनेटर असिष्टेण्ट प्राध्यापक पूजा पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्राध्यापक सुसान्त सापकोटाले गरेका थिए । बिदाइ गरिएका १६ जना विद्यार्थी मध्ये २ जना पेईङमा र अरु सबै नेपाल सरकारको छात्रवृत्तिमा अध्यनरत थिए ।
प्रतिष्ठानमा नर्सिङ कार्यक्रम २०८० असारदेखि सुरु भएको थियो । प्रतिष्ठानले शैक्षिक कार्यक्रम नर्सिङ हुँदै एमबिबीएस र एमडी एमएसको पढाइ गर्दै शैक्षिक कार्यक्रम बिस्तार गरिरहेको छ ।
