२०८३ जेष्ठ ३१ गते आइतवार

खेतमा २७ बर्षीय युवक मृत फेला

दाङ, जेठ ३१ ।
बाँकेको कोहलपुरस्थित खेतमा एक जना २७ बर्षीय युवक मृत फेला परेका छन् ।
जिल्लाको बैजनाथ गाउँपालिका – ५ का २७ बर्षीय टिकाराम थापा आइतबार बिहान कोहलपुर नगरपालिका – १५ चन्हवास्थित खेतमा मृत फेला परेका हुन ।
उनी अघिल्लो दिन मात्रै भारतबाट स्वदेश फर्किएको प्रहरीले जनाएको छ ।
शरिरमा कुनै चोट पटक नदेखिएको र शब पोष्ट मार्टमका लागि भेरी अस्पताल नेपालगंजमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालले बताए । पोष्ट मार्टम रिपोर्ट पछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *