२०८३ जेष्ठ ६ गते बुधवार

राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जग्गा अतिक्रमण


ब्यक्तिका ४४ घर टहरा निर्माण

तुलसीपुर, जेठ ४ ।
राप्ती प्रादेशिक अस्पाल तुलसीपुरको कुल २५ कठ्ठा ६ धुर जग्गा अतिक्रमणको चपेटामा परेको फेला परेको छ ।
नाप जाँच बाट अस्पतालको जग्गा अतिक्रमण गरि बिभिन्न ब्यक्तिले ४४ वटा घर टहरा निर्माण गरि बसोबास गर्दै आएको पाइएको हो ।

मंगलबार अमिनको टोलीले गरेको नाँच जाँच पछि अस्पतालको जग्गा छुट्याइएको हो । अतिक्रमणमा परेको अस्पतालको जग्गा चिन्ह वा संकेत राखेर निर्धाररण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका अमिन बिक्रम गौतमले नाप जाँच गर्दा अस्पतालको नामको कित्ता नं. ७८ अन्तर्गत २३ कठ्ठा जग्गा अतिक्रमित भएको पाइएको हो । अस्पवताल भवनको पश्चिम तर्फ १५ वटा र उत्तर तर्फ १६ वटा गरि कुल ३१ ठूला साना घर टहरा निर्माण गरि मानिसहरु बस्दै आएका छन् । केही जग्गा भने ं खाली अवस्थामा छ ।
नापा जाँच गर्दा कित्ता नम्बर ७५ अन्तर्गत अस्पतालको १ कठ्ठा १ धुर जग्गा पुरै अतिक्रमण गरेको फेला परेको छ । जो अस्पतालको अरणिको मैदानदेखि पश्चिमको कुलो वारीको जग्गा हो । त्यो जग्गामा १० वटा घरहरुले केही भागहरु अतिक्रमण गरेको पाइएको हो ।
अस्पतालको नामको कित्ता नम्बर २६८४ अन्तर्गत १ कठ्ठा ५ धुर जग्गा अतिक्रमण भएको पाइएको छ । जुन इलाका प्रशासन कार्यालयको उत्तर तर्फको जग्गा हो । त्यहाँ ब्यक्तिका बिषेशका ३ वटा घरहरु निर्माण गरिएका छन् ।
अतिक्रमण हटाउन सके अस्पतालको कुल जग्गाको क्षेत्रफल झन्डै ७ बिगाहा पुग्ने देखिएको छ ।
अस्पताल बिकास समितिको अध्यक्ष बनेका महेन्द्र लामिछानेले जिल्ला प्रशासनले अस्पतालको चार किल्ला छुट्याएर पठाउ भनेर पत्राचार गरे अनुरुप जग्गा छुट्याउने कार्य पुरा पुरा भएको बताए । बुधबार नै बैठक बसेर रिपोर्ट बुझाइने र सोही अनुसार अस्पतालको जग्गा खाली गराउन प्रक्रिया थालिने उनले बताए ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *