
तुलसीपुर , जेठ ३१ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)मा लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
रुपन्देहीका उनी यसअिघ प्रदेश उपसभापति थिए । पार्टीमा स्थापनाकालदेखि नै काम गर्दै आएका उनी त्यसपूर्व कोषाध्यक्षको जिम्मेवारीपनि निर्वाह गरेका थिए । रुपन्देहीकै गोपाल घिमिरेले सबै भन्दा बढी मत प्राप्त गरेका शालिकरामलाई सभापति मान्न तयार भएपछि निर्वाचन बिना नै उनी सभापति बनेका हुन ।
यसअघि शनिबार नेतृत्वका लागि ६ जनाका बीचमा प्रतिष्पर्धा भएको थियो ।
मतदान बाट ६ प्रतिपष्र्धी मध्य सबै भन्दा बढी मत १९९ शालिकराम घिमिरेले प्राप्त गरेका थिए । उनी पछि बढी मत प्राप्त गर्ने ब्यक्ति गोपाल घिमिरे हुन । गोपालले ८७ मत प्राप्त गरेका थिए । यी दुबै जना रुपेन्देहीका हुन । आइतबार गोपालले सबै भन्दा बढी मत प्राप्त गरेका शालिकरामलाई नेतृत्व मान्न तयार भएपछि फेरि निर्वाचन गर्नु नपरेको निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए । गोपाल केन्द्रीय संगठन बिभाग सदस्य हुन । मतदान बाट रुपेन्देहीकै गणेश पौडेल तेस्रो स्थानमा थिए । उनले ८४ मत प्राप्त गरे । पौडेल २०७९ मा एमाले नेता बिष्णु पौडेलसंग चुनावमा भिडेका ब्यक्ति हुन । उनी केन्द्रीय मानवअधिकार बिभाग सदस्यपनि हुन । चौथो स्थानमा डा. राजकुमार सुबेदीको मत थियो । उनले ८० मत प्राप्त गरे । सुबेदी प्रदेश प्रशिक्षण बिभाग प्रमुखपनि हुन । ७१ मत प्राप्त गरि मञ्जु भुसाल ५औं स्थानमा आइन । रुपन्देहीकी उनी समानुपातिक सांसदपनि हुन ।
अन्तिममा मधुप्रशाद अर्याल थिए । रुपेन्देही – ३ का क्षेत्रीय सभापति र भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार अर्यालले जम्मा १९ मत प्राप्त गरेका थिए ।
पार्टीको बिधान अनुसार शनिबार भएको मतदान बाट कसैले पनि आवश्यक बहुमत अर्थात ५१ प्रतिसत मत प्राप्न गर्न सकेका थिएनन् । त्यही भएर ६ प्रतिष्पर्धी मध्य बढी मत प्राप्त गर्ने दुई जनाका बीचमा फेरि आइतबार दोस्रो चरणको मतदान गर्ने तयारी थालिएको थियो । तर, सहमति भएपछि फेरि निर्वाचन गर्नु परेन ।
दाङको घोराहीस्थित उद्योग बाणिज्य संघमा शनिबार भएको मतदानमा कुल ५५२ मत खसेको थियो ।
