तुलसीपुर, २२ चैत । नेपाल सरकारले यो बर्षदेखि वालवालिकाहरुलाइ टाइफाइड विरुद्धको खोप टाइफाइड कन्जुकेट भ्याक्सिन लगाउने निर्णय गरेसंगै दाङको तुलसीपुरमा यो खोप आउंदा चैत २५ गतेदेखि बैसाख १८ गते सम्म लगाउने तयारी भएको छ । यो भ्याक्सिन बच्चाको उमेर हेरेर पाखुरा वा तिघ्रामा लगाइने छ ।
तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य प्रवद्र्धन शाखाले बुधवार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
अन्तरक्रिया कार्यक्रममा विषय प्रवेश गराउंदै तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओम पि न्यौपानेले खोप अभियानका विषयमा जानकारी गराएका थिए । उनले १५ महिनादेखि १५ बर्ष मुनिका सवै वालवालिकालाइ टाइफाइड विरुद्धको खोप लगाइने बताए ।
यसका लागी श्वास्थ्यकर्मिहरुलाइ तालिम दिइसकेको पनि उनले बताएका छन् । खोप अभियानलाइ प्रभावकारी बनाउन उपमहानगरपालिकाका सवै विद्यालयहहरुमा खोप केन्द्र राखिने छ । त्यससंगै यस अघिका खोप केन्द्रहरुमा पनि खोप सेवा उपलव्ध हुने बताइएको छ ।
बालबालिकालाइ बढि लक्षित गरेर खोप अभियान सन्चालन भएकाले यो उमेर समुहका कुनैपनि वालवालिका खोप लगाउन नछुटुन भनेर विद्यालयममै खोप सेवा उपलव्ध गराइने पनि उनले बताए ।
खोप कार्यक्रमकालागी २ सय ९७ जना खोप कार्यकर्ता र ५ सय ९४ जना खोप स्वयमसेविका खटिएको जनश्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिएका छन् ।
तुलसीपुरमा यो खोप कम्तिमा ६० हजार वालवालिकालाइ लगाइने तयारी उपमहानगरपालिकाले गरेको छ । यसकालागी १ सय २७ खोप केन्द्र र १ सय ५५ सेक्सन तय भएको छ ।
विश्व स्वास्थ्य संगठनले सन २०१७ मै यो भ्याक्सिन लगाउन सिफारीस गरेपनि नेपाल सरकारले विविध कारणबश यो बर्षदेखि मात्रै खोप अभियान सुरु गरेको हो । नेपाल सरकारले यो खोप भारतको भारतको वायोलोजिकल इ लिमिटेडबाट उत्पादन गरिएको तथा विश्व स्वास्थ्य संगठनले गुणस्तरको मान्यता दिएको सो भ्याक्सिन लगाउन थालेको हो ।
टाइफाइडको संक्रमण नेपालका संक्रामक रोग मध्ये चौथो घातक संक्रमण मानिन्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अध्ययन अनुसार प्रति १ लाखमा १ हजारमा टाइफाइड देखिएको छ । त्यसमा पनि बढि वालवालिका रहेकाले नेपाल सरकारले पहिलो चरणमा १५ बर्ष मुनिका वालवालिकाहरुमा यो भ्याक्सिन दिन लागेको हो ।
टाइफाइड संक्रमणको कारण, लक्षण, पहिचानको विधि तथा खोपको प्रतिअसरका विषयमा वालरोग विशेषज्ञ डा किशोर खत्री र मेट्रो हस्पीटल तुलसीपुरका मेसु डा.प्रकाश साहुले जानकारी गराएका थिए ।
जानकारी दिंदै डा किशोर खत्रीले यो भ्याक्सिन ९५ प्रतिसत सफल भएको बताउंदै यसका सामान्य प्रतिअसरले कुनै घातक परीणाम नल्याउने बताएका हुन् । त्यसैले यो अभियानलाइ उत्सवका रुपमा लिन उनले आम जिल्लाबासीलाइ आग्रह गरेका छन् ।
जनश्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओम पि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका मात्रिशिशु स्वास्थ्यमा सवैभन्दा बढि सम्वेदनशिल भएका कारण मात्रि मृत्युदर सुन्यमा झरेको बताए ।
साथै शिुसु मृत्युदर पनि नेपाल भरको औषत तथ्यांक भन्दा निकै कम रहेको पनि नगरप्रमुख पाण्डेले बताए । साथै उनले हरेक नागरीकलाइ नेपाल सरकारले निशुल्क गरेका खोप लगाउनकालागी खोप भण्डार लगायतका विषयमा उपमहानगरपालिकाले सवै तयारी पुरा गरीसकेको पनि बताए ।
उनले पछिल्लो समयमा उपमहानगरपालिकाले तुलसीपुर मेट्रो हस्पीटलमा भ्याक्सिन भण्डारण कक्ष निर्माण गरीसकेको पनि जानकारी दिए । कार्यक्रमको सहजीकरण जनश्वास्थ्य निरिक्षक विमल केसीले गरेका थिए ।
