२०८१ बैशाख २० गते बिहिवार

सर्वशुलभ रुपमा उपचार सेवा

तुलसीपुर, २३ चैत । नेशनल बाथरोग सेन्टर तुलसीपुरले भारतमा पनि सर्वसुल्भ रुपमा नेपालीहरुलाई उपचार सेवाका लागि सहजीकरण गर्ने गरेको जनाएको छ ।

तुलसीपुर स्थीत बाथरोग सम्वन्धी उपचार सेवा दिएको सेन्टरले भारतको लखनउ स्थीत सामरा अस्पतालमा जाने विरामीहरुका लागि औषधी उपचारकामा सहजिकरणको व्यवस्था मिलाएको सेन्टरका मेडिकल डाइरेक्टर शिव श्रेष्ठले जानकारी दिएका छन्।


सेन्टरको सिफारीस लियर जाने विरामीहरुल सिटि स्क्यानका लागि भारु ५ सय ९० रुपैयाँ, एमआर आई गर्नुपरेमा २ हजार ९ सय ९० रुपैयाँ र गरिव दुःखी विरामीरुका लागि बेड चार्ज, औषधी उपचारमा १० प्रतिसत छुट दिने व्यवस्था मिलाएको श्रेष्ठले बताए ।

उनले सिटि स्क्यानका लागि भारु रु ५ हजार र एमआरआई गर्नुपरे १० देखि १२ हजार लाग्ने गरेकोमा आफुहरुको सिफारीस लियर गएमा सर्वशुल्भ शुल्कमा उपचार सेवा पाउने बताए ।

त्यस्तै एम्वुलेन्सको समेत व्यवस्था अस्पतालले गर्ने भन्दै कोहि कसैलाई आवश्यक परे सम्पर्क गर्न आग्रह श्रेठले गरे ।

‘लखनउको अस्पताल र हाम्रो विच यहाँका विरामीहरुको सहजताका लागि केहि कुरामा सम्झौता भएको छ सिफारीस लिएर जोकोहि जानुभयो भने यो सो छुट पाउन्नु हुनछ –उनले भने ।

उनले कोहि कसैलाई पैसाकै कारणले समस्या परेपनि आफुहरुलाई सम्पर्क गरे त्यसको सहजिकरण गर्ने पनि बताए ।

‘हाम्रो प्रमुख उद्धेश्य भनेको कोहि पनि नेपालीहरु समस्यामा नपरुण र सहज उपचार सेवा पाउन भन्नेहो , विभिन्न बहानामा ठगिने गरेका छन् उनले भने।’

उनले जुनसुकै नेपालीहरुले पनि समस्या परे र सेवा लिनुपरेमा सम्पर्क गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *