२०८१ चैत्र १२ गते मङ्गलवार

९९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया

तुलसीपुर, २१ चैत । तुलसीपुरमा भएको निःशुल्क आँखा शिविरमा ९९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोग, आँखा उपचार केन्द्र सल्ले रूकुम पश्चिमको आयोजनामा दुई दिने शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको हो ।

नेपाल सरकारको आर्थिक सहयोग तथा मुसिकोट नगरपालिकाको स्थानीय ब्यबस्थापनमा भएको आँखा शिविरमा ४६६ जनाको आँखा जाँच गरिएको थियो ।

जस मध्य ९९ जना मोतियाविन्दुका विरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नेत्रविशेषज्ञ डा। शुरेस रसाइलीको नेतृत्वमा रहेको प्राविधिक टोलिले सेवा दिएको नेत्रअधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् ।

घर आगनमै निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया सेवा पाएकोमा स्थानीयहरुले खुसी व्यक्तगरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *