२०८१ जेष्ठ ४ गते शुक्रवार

४४ औँ नेत्रज्योती दिवस ः वर्षेनी बढ्दै अन्धोपनका बिरामी

तुलसीपुर,चैत १३ । नेपाल नेत्र ज्योती सघं दाङले ४४ औँ नेत्रज्योती दिवस मनाएको छ । आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालले आइतवार एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।

त्यसअवसरमा अस्पतालका प्रमुख प्रसासनिक अधिकृत सम्शेर थापाले आँखा अस्पतालले वर्षेनी सेवालाई प्रभावकारी रुपमा विस्तार गर्दै गएपनि जनसङ्या बृद्धिदर बढ्दै जादाँ अन्धोपनका बिरामीको सख्यामा कमी आउन नसकेको बताए ।

उनका अनुसार विश्वभरको तथ्याङ्क हेर्दा ढाई अर्व बढीले आँखाको ज्योती गुमाएका छन भने अझैपनि १ अर्व बिरामी आँखाको सेवाबाट बञ्चित छन । उनले नेपालभरको तथ्याङ्क हेर्दा अझैपनि विभिन्न कारणले दृष्टि गुमाएका ४० हजार बढी बिरामी रहेको बताए । त्यसमध्ये मोतियाबिन्दुका २० हजार बढी छन ।

त्यस्तै लुम्बिनी प्रदेशमा विभिन्न कारणले ७ हजार बढी अन्धोपनका बिरामी छन भने १० हजार बढी क्याट्राको कारणले अन्धोपनका बिरामीहरु रहेको अधिकृत थापाले बताए । स्थापनाकाल देखि हालसम्म नेत्र ज्योती सघं अन्तरर्गतका ३ वटा अस्पतालहरुबाट ३० लाख बढीले सेवा लिएको जानकारी दिए ।

त्यस मध्ये २ लाख बढीले मोतियाबिन्दुको निशुल्क अप्रसेन सेवा लिएका छन । उनले अस्पतालको प्रविधिलाई सुधार ल्याउदै गएको वर्षदेखि ३ वटा सेवा (रेटिना,क्रोनिया र अपोलोप्लाष्टिक) बिस्तार गरिएको बताए । यी सेवा विस्तार भएसगै बिरामीलाई उपचारका लागि अनेत्र जानुपर्ने बाध्यता हटेको छ ।

आँखा अस्पतालमा पछिल्लो समय रेटिनाका बिरामीहरुको सङ्या बढ्दो क्रममा रहेको थापाले बताए । नेपाल नेत्र ज्योती सघं दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका सल्लाहाकार उमाकान्त पन्तले अस्पतालले आँखाको सम्बेदनशिलतालाई मध्येनजर गर्दै काम गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे ।

अस्पतालले यस क्षेत्रमात्र नभई विश्वभर उत्कृष्ट छवि बनाएको बताए । जसका कारण देशका लाखौ नागरिकहरुले आफ्नो गुमेको ज्योती पुनःप्राप्त गरेका छन ।


त्यस्तै सघंका सल्लाहाकार तथा तुलसीपुरका पुर्व मेयर ढुण्डिराज लामिछानेले जिम्मेवारी बोध भएर बिरामीलाई सेवा प्रदान गर्न आग्रह गरे ।

सघंका सचिव सुरेन्द्र खड्काले अस्पतालबाट सञ्चालित आखाँ स्वास्थ्य कार्यक्रमले नागरिकहरुलाई पुर्नजन्म दिएको बताए । उनले नेत्रज्योति संघ, एनएवीपी र नेपाल सरकारको सहयोगमा विभिन्न स्थानमा अन्धोपन निर्वारणका लागि विभिन्न शिविर, तथा अस्पतालहरु सञ्चालन गरी अन्धोपन निवारणको अभियान निरन्तर लागेको बताए ।

कार्यक्रममा नेपाल नेत्र ज्योती सघंका आजिवन सदस्य प्रनव खड्का र धुर्व गौतमलेले सघंको स्थापना दिवसमा प्रत्येक वर्ष अस्पतालमा आउने बिरामीहरुलाई फेको प्रविधिबाट निशुल्क अप्रेसन गरिदिने घोषणा गरे ।

लायन्स क्लवका लव अधिकारीले झण्डै ८ लाख बराबरको २ हजार ३ सय १० वटा चस्माका फ्रेम हस्तान्तरण गरे । त्यसअवसरमा अस्पतालका रेटिना रोग बिषेशज्ञ डा. सन्तोष सुवेदी,पत्रकार सुनिल पोख्रेल,लायन्सका यरिया चिफ युवराज थपलिया लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

दिवसका अवसरमा नेपाल नेत्र ज्योती सघं अन्तरर्गतका ३ वटा अस्पतालमा कार्यरत ५ जना कर्मचारीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

सघंका सहकोषाध्यक्ष धनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहंका सह–सचिव चिरञ्जवी रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *