दाङ, फागुन २९ । तुलसीपुर उपमहानगरपालिकाको एउटा बुथमा एक जना श्वास्थ्यकर्मि एक तमासले आग्रह गरीरहेकि थिइन्, प्लीज आइदिनुस्, खाइदिनुस् । बजारको एउटा मेडिकलसंगै बेन्चमा एक जना श्वास्थ्यकर्मि र दुइजना ग्रामिण स्वास्थ्य कार्यकर्ता गाग्रोमा पानी भरी बनाएर तीनथरी औषधि लिएर कराइरहेका थिए ।
मानौं, उनीहरुको यो स्वास्थ्य सेवा सडक पेटिको चनाचट्पटेको व्यापार जस्तो देखिन्थ्यो । ग्राहक पटक्कै नआएको ।
दिउसोको १ बजिसकेको छ । इन्ट्रि रजिष्टरमा जम्मा ९ जना औषधि सेवन गरेकाको नाम दर्ता छ । ‘पोहोर शाल त तीन दिन लगाएर ७ सय जनालाइ औषधि खुवाएका हौं, यसपाली त औषधि खानेहरुको सहभागिता अन्यन्तै न्युन छ’, ती स्वास्थ्यकर्मिले निराशा व्यक्त गर्दै भनेकि थिइन् राष्ट्रिय अभियानलाइ सफल बनाउन नदिने त बुद्धिमान पागलहरुनै हुन् जस्तो लाग्छ ।
औषधि सेवन गर्न नआउनेमा शिक्षित पढेलेखेका र आफुलाइ बढि जान्नेका रुपमा प्रस्तुत गर्ने सम्भ्रान्त व्यक्तिहरुनै रहेको उनको अभिव्यक्ति थियो ।
तुलसीपुर उपमहानगरपालिका—१८ को विजौरी बजारमा एउटा बुथ थियो । त्यहां स्वास्थ्यकर्मि देवी शर्मा सहित दुइजना सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकाहरु खटिएका थिए । मध्यान्नको १२ बज्दासम्म उनीहरुले पनि एक दर्जन जतिलाइ पनि हात्तिपाइले विरुद्धको औषधि खुवाउन सकेका थिएनन् ।
पोहोरपरार त यसै बुथमा ५ सय भन्दा बढिलाइ औषधि खुवाएका थियौं, यसपाली त यो औषधि सेवनमा जनउत्साहनै छैन, जवर्जस्त रुपमा कर गरेर मात्रै खुवाउन सकिएको छ, नबुझेकालाइ बुझाउने हो, बुझेर पनि नखानेलाइ केहि गर्न सकिंदो रहेनछ’—सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकाले भनिन् ।
उनले यति भनिरहंदा जनश्वास्थ्य कार्यालय दाङका अधिकृत किशोर आचार्य त्यहि आइपुगेका थिए, रिपोर्टिङकालागी । ‘ग्रामिण भेकमा त अलि धेरैको सहभागिता छ, तर शहरी क्षेत्रमा भने तथ्यांक उक्लन सकेन’, आचार्यले भने यसकालागी राजनितिक जागरणनै आवस्यक छ ।
हरेक राजनितिक दललाइ प्रत्यक्ष रुपमा अभियानमा जोड्नकालागी केहि न केहि गर्नुपर्ने अवस्था देखिएको आचार्यको अभिव्यक्ति थियो । हरेक संकास्पद विरामीहरुले फिजिसियन डाक्टरले प्रिस्कीप्सन लेखिदिए कुनै प्रश्न नउठाएर हात्तिपाइले विरुद्धको औषधि डाइइथाइल कार्वापामाजिन खाइदिन्छन्, तर नेपाल सरकारले निशुल्क औषधि खुवाउने अभियानमा जाड्न उनीहरुलाइनै सकिएको छैन ।
बुथहरुमा हात्तिपाइले विरुद्धको औषधि सेवन गर्नेहरुको अत्यन्तै न्युन सहभागिता देखिएपछि केहि बुथका स्वास्थ्यकर्मिहरुले नागरीक जमघट हुने स्थान पहिल्याउंदै सार्वजनिक कार्यक्रमस्थलमा पनि पुगेका छन् ।
यसै क्रममा तुलसीपुर उपमहानगरपालिका—३ दमारगाउको अमृतपुर खानेपानीको कार्यालय अगाडि पनि औषधि खुवाउने टोलि थियो । संस्थाको अधिवेशनका अवसरमा त्यहां हजारौंको उपस्थीति थियो । तर त्यहां पुगेका स्वास्थ्यकर्मिहरुले सोचेअनुरुप औषधि खपत नभएको बताएका थिए ।
त्यहां औषधि सेवनगर्नेको संख्या करीव ६ सय पुगेको त थियो, तर माथिल्लो बुथमा खुवाएको संख्या समेत जोडेर उनीहरुले त्यो तथ्यांक प्रस्तुत गरेका थिए । अधिवेशनमा देखिएको सहभागिताका अनुपातमा औषधि सेवन गर्नेको संख्या नगन्य भनेपनि हुन्छ ।
तुलसीपुरको वेष्टर्नप्यालेस होटलमा नेपाल रेडक्रस सोसायिटि दाङको साधारणसभा चलिरहेको थियो । एक सय भन्दा माथिको उपस्थीतिमा हात्तिपाइले विरुद्धको औषधि खुवाउन तुलसीपुरका दिग्गज स्वास्थ्यकर्मिहरु विमल केसी, दोर्णवली लगायतका स्वास्थ्यकर्मिहरु खटिएका थिए ।
तर त्यहां पनि सहभागिहरुले आफुले अन्तै हात्तिपाइलेको औषधि खाइसकेको भन्दै पन्छिने प्रयास मात्रै गरे । केहिलाइ मात्र औषधि खुवाउन टोलि सफल भएको थियो । धेरैले खाएनन् ।
स्वास्थ्य क्षेत्रसंगै प्रत्यक्ष जोडिएकाहरुले समेत औषधि सेवन गर्न कतै आनाकानी गरीरहेको देखिन्थ्यो । यी त नमुना बुथहरुमात्रै हुन् । ‘कति प्रतिसतले सेवन गरे भन्ने तथ्यांक त आइसकेको छैन, तर उत्साहजनक सहभागिता देखिएको छैन’—तुलसीपुर उपमहानगरपालिकाका जनश्वास्थ्य निरिक्षक विमल केसीले भने ।
सार्वजनिक स्थलमा प्रवेश वा विदेश भ्रमणमा कोरोना भाइरसको खोप जसरी अनिवार्य गरीएको छ, त्यसरीनै हात्तिपाइले विरुद्ध औषधि सेवन गरेकालाइ पनि कार्ड वितरण गरेर यस्तो व्यावहार गर्न सकेमा अभियानले चांडै सार्थकता पाउने पनि उनले उपाए निकाले ।
अकारण औषधि सेवन नगरेकाहरुलाइ राज्यबाट दिइने सेवाबाट बन्चित गर्नुपर्ने पनि उनको तर्क थियो । उनको भोगाइमा पनि जानेबझेकाहरुनै औषधि सेवनमा व्याक हुनेगरेका छन् । तर संक्रमणले सम्भ्रान्त र सामान्य नागरीक भनेर छुट्याउने छैन ।
जिल्लाभरका बुथमा औषधि सेवनको अवस्था माथि उक्लन सकेको देखिएन । यद्धपि बुथ टाढा भएर भने होइन, हरेक दशमिनेटको पैदल यात्रामा दाङ जिल्लाभर यो अभियानकालागी बुथ व्यवस्थापन भएका छन् ।
जिल्लाका दशवटा पालिकामा १ सय वडाहरु छन् । शनीवार एउटा वडामा मात्रै करीव ५ देखि १० वटा सम्म बुथको व्यवस्थापन संबन्धित पालिकाहरुले गरेका छन् । ‘यसलाइ राष्ट्रिय अभियान मात्र नभएर राष्ट्रिय उत्सवकै रुपमा लिइनुपथ्र्यो, तर अभियानमा जनसहभागिता अत्यन्तै न्युन हुंदै गएको छ,’, तुलसीपुर उद्योग वाणिज्यसंघका महासचिव विनिल केसीले भने ।
उनले रेडक्रस साधारणसभामै औषधि सेवन गरेका थिए । केहि सन्चार माध्यमहरुले पनि विगतका बर्षहरुमा यो औषधिका विषयमा गलत अफवाह फैलाएका कारण जनमानसमा केहि नकारात्मक भावना पैदा भएको पनि उनको बुझाइ छ । यसलाइ आम नागरीकहरुले आफ्नैलागी भएको अभियान भनेर अपनत्व लिनुपर्ने पनि उनको सुझाव थियो ।
जिल्ला जनश्वास्थ्य कार्यालयका अनुसार यो बर्षको हात्तिपाइले विरुद्धको आम औषधिसेवन अभियानमा कम्तिमा ६ लाख जिल्लाबासीलाइ हात्तिपाइले विरुद्धको औषधि डाइइथाइल कार्वापामाजिन(डिइसि), अल्वेन्डाजोल(जुकाको औषधि) र अन्य परजिवि विरुद्धको औषधि ओभिमेक्शीन पनि थपीएको छ । अभियानको थप प्रभावकारीताकालागी एउटा औषधि थपिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
यस अघिका औषधिहरु कम्तिमा ६ पटक सम्म नियमित खानुपर्ने भएपनि अव ३ पटक लगातार औषधि सेवन गरेपछि त्यस्ता व्यक्तिहरुमा हात्तिपाइले रोगको परजिवि फैलन सक्ने छैन ।
औषधि सेवन कार्यक्रम सफल नभएका कारण राज्यले बर्षेनी अरबौं रुपैया नोक्सानी व्यहोर्दै आएको छ । दाङमा मात्रै यो अभियानको अभिमुखिकरण कार्यक्रम, सहभागिहरुलाइ भत्ता लगायतको व्यवस्थापनमा करीव १ करोड रुपैया खर्च हुने जिल्ला जनश्वास्थ्य कार्यालयका हात्तिपाइले रोग विरुद्ध आम औषधि अभियानका फोकलपर्शन कमल चन्दले बताएका छन् । यो औषधिबाहेकको खर्च हो ।
जिल्लामा अझैपनि संक्रमणको दर मोटामोटि ४ प्रतिसत छ । हाल सम्मको तथ्यांकले दाङ जिल्लामा १२औ अभियानसम्म करीव ६५ प्रतिसत नागरीकहरुले मात्रै हात्तिपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । संक्रमणको दर ४ प्रतिसतबाट घटाएर २ प्रतिसतमा झारेपछि मात्र यहां अभियान बन्द हुने छ ।
कार्यालयले यो बर्ष संक्रमणको दर २ प्रतिसतमा झार्ने लक्ष लिएको जनश्वास्थ्य कार्यालयका प्रमुख अंगत वहादुर शाहिले बताए । तर यसलाइ औषधि सेवनको तथ्यांकले स्पष्ट पार्ने छ । औषधि सेवनगर्नेहरुको संख्या अत्यधिक बृद्धि भएमा मात्र यो अभियानको सफलता मानिने बताइएको छ ।