तुलसीपुर,फागुन २५। नेपाल नेत्र ज्योती सघं दाङ अन्तरर्गतको राप्ती आखां अस्पताल रक्षाचौरले उत्कृष्ट कामहरु गरेको एक कार्यक्रमका सभागीहरुले बताएका छन ।
नेपाल नेत्र ज्योती सघं दाङको १८ औं वार्षिक साधारण सभा कार्यक्रममा बोल्ने सहभागीहरुले राप्ती आंखा अस्पताल दाङको मात्र नभई देशकै उत्कृष्ट अस्पतालको रुपमा परिचित भएको भन्दै प्रसंसा पनि गरेका थिए ।
उनीहरुले अस्पतालको कार्यको मुल्याङ्क गर्दै आम नागरिकहरुले हेर्ने दृष्टिकोण र सोचाई विश्वसनीय रहेको बताए ।
अस्पतालले अझै नयाँ प्रविधिका साथ विकसित सेवा गाउँ बस्तीसम्म पु¥याउन आवश्यक रहेको उनीहरुले जोड दिए ।
नेपाल नेत्र ज्योती सघं दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सघंका सल्लाहाकार तथा तुलसीपुर उपमहानगरपालिकाका पुर्व नगर प्रमुख ढुण्डिराज लामिछानेले अस्पतालले व्यक्तीगत स्वार्थ भन्दा माथी रहेर सामाजिक भावका साथ आफ्नो भुमिका निर्वाह गर्दै आएको बताए ।
उनले प्रत्येक स्थानीय पालिकाहरुसगं सहकार्य गर्दै हेल्थ डेक्स स्थापना गर्न सकेमा अस्पतालको सेवा प्रवाह अझ चुस्तदुरुत हुने र नागरिकहरुले सर्वसुलभ रुपमा सेवा लिने सक्ने विस्वास व्यक्त गरे ।
जनचेतनालाई थप अभिबृद्धि गदै सेवालाई सहज र सरल प्रक्रियाबाट अगाडी बढाउन आग्रह गरे ।
साथै उनले आमा नागरिकहरुले अस्पतालप्रतिको अपनत्व महसुस गर्नेगरि कार्यहरु गनुपर्ने समेत बताए ।
कार्यक्रममा अस्पतालका प्रसासनिक अधिकृत शम्शेर थापाले अस्पतालले हालसम्म गरेका गतिविधि र सेवा सञ्चालनका बारेमा जानकारी गराएका थिए ।
उनले अझैपनि नेपालमा २.२ अर्व दृष्टिविहिन रहेको र त्यसमध्ये १ अर्व नागरिकहरु सेवाको पहुँचबाट बाहिर रहेको बताए ।
उनका अनुसार नेपालमा ५० वर्ष भन्दा माथीको जनसङ्यालाई गरिएको सर्वेका अनुसार अझैपनि ३८ हजार बढी दृष्टिविहिन रहेका छन ।
त्यस्तै ३ लाख २५ हजार बढी नागरिकहरु अन्धोपनको सेवाबाट बञ्चित छन भने न्युनदृष्टी भएका २८७ जना छन ।
त्यसअवसरमा उनले लुम्बिनी प्रदेशमा सबै प्रकारका ६७२३ दृष्टिविहिन रहेको बताए । ति मध्ये ३१६१ जना अन्धोपन र ५०४२ जना न्युनदृष्टिका नागरिकहरु रहेका छन ।
त्यस्तै उनले राप्ती आखाँ अस्पताल रक्षाचौरबाट हालसम्म ३१६३८५३ जनालाई बहिरगं सेवा प्रदान गरेको बताए ।
ति मध्ये १९९२१६ जनाले शल्यक्रिया सेवा लिएका छन । अस्पतालले हालसम्म ३८ हजार बढीलाई निशुल्क सेवा प्रदान गरेको पनि बताए ।
उनका अनुसार कोभिडको समयमा अझ बढी सक्रियताका साथ सेवा घरदैलो शःशुल्क नगर क्लिनीकहरु सञ्चालन गरि सेवा प्रदान गरेको पनि बताए ।
उनले विगत ५ वर्षमा अस्पतालबाट ११ लाख ६५ हजार नागरिकहरुले सेवा लिएको समेत बताए ।
कार्यक्रममा उनले अस्पतालाई सन २०२४ सम्म आत्मनिर्भर बनाउने लक्ष्य रहेको पनि बताए ।
उनले सन २०२१ मा अस्पतालले १०३ प्रतिशत खर्च आन्तिरिक स्रोतबाटै व्यहोरेको जानकारी गराए
अहिले अस्पतालले आँखाको पर्दाको जाँच गर्ने मेसिन, जलविन्दुको जाँच गर्ने प्रविधिको समेत व्यवस्था गरेको छ,उनले भने,- नयाँ प्रविधि जडान गरेसँगै रेटिना, ओर्नियालगायतका समस्या भएका बिरामीहरुलाई अनेत्र पठाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
त्यस अवसरमा राप्ती आखाँ अस्पतालका प्रसासनिक समिति संयोजक चिरञ्जवी रिजाल,छन्दकालेबाबु नारायणी अस्पतालका प्रसासनिक समिति संयोजक सारदा चौधरी,लमही आखाँ अस्पतालका प्रसासनिक समिति संयोजक धनश्याम सेवदी,शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुसिल बस्नेत,नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष सरद रेग्मी,नेपाली कांग्रेसका जिल्ला सदस्य गेहेन्द्र वलि,नेकपा एमाले जिल्ला उपसचिव कृष्ण भुसाल,जसपाका जिवन भण्डारी,तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे,नेत्र हिन सघं दाङका अध्यक्ष रामबहादुर खड्का जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल नेत्र ज्योती सघं दाङका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका सचिव सुरेन्द्र खड्काले गरेका थिए ।
