२०८३ जेष्ठ ३१ गते आइतवार

नेपालमा थप १९४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्‍यु

काठमाण्डौ,फागुन २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *