२०८२ असार ७ गते आइतवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उप–कुलपतिमा डा. लामिछाने नियुक्त

दाङ,फागुन १० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो ।

समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । तिनजना मध्यबाट लामिछानेलाई नियुक्त गरिएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डा.लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका गरेका हुन ।

उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला र स्वास्थ्य सचिव डा। रोशन पोखरेल सदस्य थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *